काठ तस्कर र वन रक्षक बीच गोली हानाहान बारा
जन न्युज नेपाल खवर प्रतिनिधि बारा
डिभिजन वन कार्यालय बाराका प्रमुख मन्जुर अहमतका अनुसार जितपुरसिमरा डिभिजन वन कार्यालय बाराका अनुसार उपमहानगरपालिका–१७ जैतानपुरमा बिहीबार साढे एक बजेको समयमा काठ तस्कर र वन रक्षकबीच गोली हानाहान भएको छ ।
मधुवन सव डिभिजन वन कार्यालय अन्तरगत जैतापुर पोष्ट र हलखोरिया साझेदारी वनको डकाहा पोष्टको समुहगत गस्ती गर्ने क्रममा १० थान साइकल र १० थान गोलाईसहितको तस्कर समूहसँग गोली हानाहान भएको छ ।
वन गस्ती समूहलाई लक्षित गरेर तस्कर समूहले २ राउण्ड गोली चलाएपछि वन गस्ती टोलीले पनि जवाफमा १ राउण्ड फायरिङ गरको डिभिजन वन कार्यालय बाराले जानकारी दिएको छ ।
जवाफी फायरीङ गरेपछि १० थान गोलाईसहित एकजना तस्कर प्रक्राउ गर्न सफल भएको र अन्य तस्करहरु काठ छाडेर फरार भएका छन् । प्रक्राउ पर्नेमा बाराको करौयामाई गाउँपालिका वडा नं ४ का करिब ४८ वर्ष उमेर भएका स्माईल मियाँ रहेको डिभिजन वन कार्यालय बाराका प्रमुख अहमतले जानाए