जापानको नयाँ प्रधानमन्त्रीमा नियुक्त योशिहिदे सुगा
सन् १९८७ मा योकोहामाबाट नगरसभाको सदस्य निर्वाचित बनेका सुगा सन् १९९६ मा जापानी संसदको तल्लो सभामा निर्वाचित हुँदै राजनीतिमा अघि बढेका हुन । आफ्नो माध्यमिक विद्यालयस्तरको पढाइपछि टोकियो छिरेका सुगाले रात्रिकालिन विश्वविद्यालयस्तरको पढाइका लागि सस्तो श्रमको सहायता लिँदै आफ्नो अध्ययन पूरा गरेका थिए ।
प्रधानमन्त्री सिन्जो आबेको पहिलो कार्यकालमा विस्वासिलो सल्लाहकारको रूपमा भूमिका निर्वाह गरेका ७१ वर्षीय योशिहिदे सुगा प्रधानमन्त्रीका स्वाभाविक दाबेदार मानिन्थे । सन् २०१२ मा आबे पुनः सरकारको नेतृत्वमा फर्केपछि आबेले सुगालाई मन्त्रीपरिषद्को मुख्य सचिव बनाएका थिए ।
जापानको नयाँ धानमन्त्री योशिहिदे सुगा भएका छन् । तल्लो सदन डाइटमा भएको मतदानबाट त्यहाँको ९९औं प्रधानमन्त्री पदमामा योशिहिदे सुगा निर्वाचित भएको जापानी संचार माध्याम एनएचकेले जनाएको छ ।
तल्लो सदनको ४ सय ६५ मतमध्ये ३ सय १४ मत प्राप्त गर्दै सुगा निर्वाचित भएका हुन । हाल जापानको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) नेतृत्वको गठबन्धन सरकार अहिले सत्तामा छ । एलडीपीको संसदमा २ सय ८४ सिट छ भने सत्ता साझेदार कोमेइटो पार्टीसँग २९ सिट छ ।
प्रधानमन्त्रीमा नियुक्त भएसँगै सुगा अब संसदको बाँकी कार्यकाल २ वर्षका लागि त्यहाँको प्रधानमन्त्रीको रुपमा सरकारको नेतृत्व गर्ने भएका छन् ।
जापानमा मन्त्रीपरिषद्को मुख्य सचिवलाई एक शक्तिशाली पद मान्ने गरिन्छ । भने मुख्य सचिवले सरकारी मन्त्रालय र सत्तापक्षको प्रयासलाई समन्वय गर्ने प्रचलन छ मुख्य सचिव हुँदा सुगाले सरकारको तर्कपूर्ण प्रतिरक्षा गर्ने र नयाँ सम्राट नारुहितोको आरोहणको चाँजोपाँजो मिलाउने जिम्मेवारी पूरा गरेका थिए ।
सुगा वंश राजनीतिको पृष्टभूमिबाट आएका नेता र पूर्व टेक्नोक्रेयाटहरूले भरिएको सत्ताधारी पार्टीमा किसान परिवारबाट आफ्नै बाहुबलले सांसद हुन सफल लोकप्रिय नेता समेत मान्ने गरिन्छ ।