बहराइनका राजपरिवारका सदस्यसहित १८ जनाको टोली काठमाडौं आइपुगे
बहराइनस्थित नेपाली राजदूतावासका अनुसार हिमाल आरोहणका लागि बहराइनका राजपरिवारका सदस्यसहित १८ जनाको टोली काठमाडौं आइपुगेका छ् । उक्त टोली गए राति साढे १२ बजे शेख ईशा एयरबेसबाट विशेष विमानबाट नेपाल प्रस्थान गरी बुधबार बिहान सवा ११ बजेतिर त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ ।
टोलीमा बहराइनको डिफेन्स फोर्समा कार्यरत १५ जना बहराइनी तथा ३ जना बेलायती नागरिक रहेको बहराइनस्थित नेपाली राजदूतावासले जानकारी दिएको छ
पर्वतारोहणमा सहभागीहुने सदस्यहरू तथा विमानको चालक दलका सदस्यहरू सबै जना पछिल्लो १५ दिनदेखि स्वः क्वारेन्टिनमा रहेका थिए । भने कोभिड–१९ संक्रमण भए नभएको सम्बन्धमा परीक्षण पश्चात सबैजना कोरोना संक्रमण नेगेटिभ रहेका र उक्त टोलीले नेपाल सरकारले निर्धारण गरेको स्वास्थ्य सम्बन्धी सम्पूर्ण पालना गर्ने दूतावासले जनाएको छ ।
सन् २०२१ मा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने उदेश्यका साथ टोलीले लोबुचे र मनास्लु हिमाल आरोहण गर्न लागेका हुन् ।
उक्त टोलीलाई आरोहणका लागि नेपाल आउन दिने प्रस्ताव सम्बन्धमा भदौ १४ गते नेपाल सरकारले निर्णय गरेको थियो ।