कोरोना संक्रमित एक पुरुषकोे धरानमा मृत्यु
विराटनगर । सप्तरी खडक नगरपालिका–३ का ३५ वर्षीय कोरोना संक्रमित एक पुरुषको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारका क्रममा बुधबार विहान ६ बजे मृत्यु भएको प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिनु भएको छ ।
सापकोटाका अनुसार एक वषदेखि नै मृगौलामा समस्या भएका कारण उनी नियमित डाइलसिस गराइरहेका थिए । भदौमा २८ मा कोरोना पोजेटिभ देखिएका उक्त पुरुषलाई भदौ ३० मा भर्ना गरिएको थियो ।
यो संगै प्रदेश १ मा कोरोना संक्रमणका कारण ज्यान गुमाउनको संख्या ५१ पुगेको छ । ती मध्ये १४ जना प्रदेश २ र ३६ जना प्रदेश १ का रहेका छन् ।