काठमाडौ महानगरपालिकाले विद्युतीय प्रणालीमार्फत राजस्व निर्धारण तथा संकलन गर्ने
सोमबार काठमाडौ महानगरपालिकाले एक अन्तरक्रिया कार्यक्रम आयोजना गरी असोज १ गतेदेखि विद्युतीय प्रणालीबाट राजस्व निर्धारण तथा संकलन सुरु गर्ने जानकारी दिएको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले विद्युतीय प्रविधिमार्फत राजस्व संकलन गर्दा आगामी वर्षमा २० देखि ३० प्रतिशतसम्म राजस्व संकलन बढ्ने अपेक्षा समेत गरेको जनाएका छन् ।
कर तिर्न आउने व्यक्तिलाई सहज हुने तथा कर तिर्न ढिलाई हुने जस्ता समस्या अन्त्य हुदै जाने र विधुतिय प्रणाली लागू भएपछि कर तिर्न आउनेको संख्या र राजस्वको आधार समेत बढ्ने अर्यालले विश्वास ब्यक्त गरेका छन् । आसोजदेखि सुरुमा केही वडामा परीक्षणको रुपमा सुरुवात गरिने र विस्तारै सबै वडामा लागू गरिने अर्यालको भनाई रहेको छ ।
अनलाइन माध्यमबाट कर निर्धारण र संकलन गर्न सकिने हुदा दैनिक कति राजस्व संकलन भयो भन्ने समेत तत्काल थाहा पाउन सकिने पनि र यसले सबैलाई सहजको बतावरण सिर्जना गर्न अर्याले विस्वास व्यक्त गरेका हुन् ।