कोरोना भाइरसबाट २ जनाको मृत्यु
जन न्युज नेपाल खवर प्रतिनिधि
जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार कोरोना भाइरसबाट २ जनाको मृत्यु भएको छ ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत शिवराज नगरपालिका वडा नं। ५ निवासी ४७ वर्षीया महिलाको सोमबार बिहान ४ः३० बजे मृत्यु भएको छ । ती महिला मिर्गौला र उच्च रक्तचापको बिरामी रहेको र यही भदौ २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
भने अर्का रुपन्देहीको भैरहवास्थित भिम अस्पतालमा उपचाररत कपिलवस्तुको शिवराज नगरपालिका वडा नं। ५ का ५८ वर्षीय संक्रमित पुरुषको पनि मृत्यु भएको छ ।
ती पुरुषको गएराति १० बजे मृत्यु भएको हो । उनी दमको बिरामी थिए भने उनमा यही भदौ २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
यसँगै कपिलवस्तु जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।