अबिरल घिमिरेले बक्सिङमा अर्को अध्याय कोर्न सफल
२५ वर्षीय जापानिज खेलाडी थातुयालाई नेपाली खेलाडी एवं हिमाली चितुवा नामले परिचित अबिरल घिमिरेले जापानिज खेलाडीलाई पहिलो राउन्डमै ढालेर आफ्नो खेल किरयरलाई कीर्तिमानको अर्को अध्याय कोर्ने सफल भएका छन् । लामो समयदेखि जापानमा बसेर किक बक्सिङमा वर्चश्व कायम गर्दै आएका घिमिरले आइतबार जापानिज खेलाडीलाई हराएका थिए ।
उनले विभिन्न राष्ट्रका खेलाडीहरूसंग १४ वटा भिडन्तमा १३ वटामा जित हासिल गरेका थिए भने एक म्याच बरावरीमा रोकिएको थियो । आजको चर्चित हित ४७ खेल जापानको टोकियोस्थित टोकियो टावरमा सञ्चालन भएको थिए ।
घिमिरेले पहिलो राउण्डमै नकआउट हान्दै आफ्नो बेल्टलाई पुनः संरक्षण गर्न सफल भएका थिए । अबिरल नेपालमा चर्चित किक बक्सिङ करातेका पूर्व चर्चित खेलाडी देव घिमिरेको छोरा हुन् भने उनले लामो समयदेखि जापानमा आफ्नै पिता देवको निगरानी र प्रशिक्षणमा रहेर अभ्यास गर्दै आएका थिए । अबिरलले आगामी दिनमा पनि नेपालको झण्डा बोकी विश्वसामु देशको नाम चम्काउन प्रयासरत रहने समेत बताएका छन् ।