टिकटकमा सबै उमेर समुहको रुचि !
जन न्युज नेपाल खवर प्रतिनिधि !
मुलकमा अहिले कोरोनाको कहर छ । मानव जातिले अहिले त्रास पुर्ण जिवन बिताइरहेका छन् । काम काज ठप्प भएको छ । घर भित्र केहि गर्न सक्ने वातावरण छैन् । भने यसले गार्मिण क्षेत्रमा भन्दा नि शहरका मान्छेलाई बढी प्रभाव पारेको छ ।घर भित्रै बस्दा पनि मान्छे डिप्रेशनमा जाने सम्भवना बढी हुन्छ । त्यसैले मानव जातिले केहि नै केहि नगरि बस्न सक्दैन्न ।
अहिले इनटरनेटको पनि दुनियां भएकाले सबै मान्छे इनटरनेटमा झुलिरहेको हुन्छन् । तर पछिल्लो समयमा आएका विभिन्न एप्स मध्येको छोटो समयमा सबैले रुचाएको टिक टक अहिले लकडाउनको बेला धेरैको साथी बन्न सफल भएको छ ।
टिक टक चीनको बाइट डान्स’ को स्वामित्वमा रहेको कंपनीले सन् २०१६ सेटम्बरमा लन्च गरेको हो । छोटो समयमै अर्थात २०१८ मै यसले धेरै लोक प्रियता पाउन सफल भएको उक्त एप्सलाई गुगालमा ‘Short videos for you’ अर्थात् तिम्रो लागी छोटो भिडियो भनेर दिएको छ । भने अहिले विश्वका धेरै देश मध्य अमेरीकामा सबै भन्दा बढी डाउनलोड गर्ने एप्स मध्यको एक रहेको छ । तर कतिपय देश जस्तै भारतले भने यस एप्सलाई प्रतिबन्ध पनि लाएको छ । अन्तराष्ट्रिय स्थरमा मात्र नभई मुलक भित्रपनि यसको लोक प्रियता एकदमै धेरै रहेको छ ।
१५ सेकेन्डसम्मको भिडियो बनाउन मिल्ने यसमा गीत र सम्वादमा अभिनयसमेत गर्न सकिने यो एप्स विश्वभर झण्डै १० करोडभन्दा बढीले प्रयोग गर्ने गरेका छन् । नेपालमा पनि टिकटकमा अभिनयबाट गरेर चर्चामा आएका रेश्मा घिमिरे, सुपुष्पा भट्टाई, अम्रिता गुरुङ, एभिलिना खड्का, मन्जिल बस्नेत, प्रियंका सिंह, प्रिज्मा खतिवडा, प्रिन्सि खतिवडा आदि यीनामहरु त प्रधिनिधि मात्र हुन् तर ,धेरैले यसबाट नै आफ्नो करियर बनाउन सफल पनि भएका छन् । आफनो कलालाई देखाउन सजिलो मध्यका रुपमा रहेको टिकटक वस्यकको मात्र नभई सबै उमेर समुहको रुचिको विषय भएको छ । यति मात्र नभई कुन गित हिट भो भन्ने देखि कुन कलाकार हिट भो पनि अहिले टिकटक कै मध्यबाट जान्न सकिने भएको । अहिलेको समयमा मानौ टिकटक मान्छेको असल साथि मात्र नभई उ संग भएको क्षमता अभिवृद्धि गर्न सक्ने धेरैले मन पराएको एप्स मध्यको एक हो ।