Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रहरी हिरासत भित्र थुनुवाको मृत्यु : एसपीको नेतृत्वमा छानबिन समिति गठन


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, भाद्र २७ २०७७
  • 8.6K
    SHARES

प्रहरी हिरासत भित्र थुनुवाको मृत्यु : एसपीको नेतृत्वमा छानबिन समिति गठन

जन न्युज नेपाल खवर प्रतिनिधि कैलाली !

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा रोशन विकको मृत्यु भएको घटना छानविन गर्न समिति गठन गरिएको छ । प्रहरी उपरीक्षक (एसपी) राजीव बस्नेतको नेतृत्वमा छानबिन समिति गठन गरिएको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी मुकेश कुमार सिंहले जन न्युज नेपाल खवर प्रतिनिधिलाई बताए ।

धनगढी उपमहानगरपालिका–५ का रोशनलाई भदौ २२ मा चोरी मुद्दामा पक्रेर प्रहरीले थुनामा राखेको थियो । शुक्रवार विहान हिरासतको शौचालयमा झुण्डिएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले दावी गरेको छ ।

आफन्तले हिजो जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका थिए । छानविन समितिमा एसपी बस्नेतसहित चारजना छन् । 

प्रहरीले सर्टको पासोमा झुण्डेर आत्महत्या गरेको भनेपनि मृतकका आफन्तले उनको शरीरमा चोटपटक देखिएको हुनाले कुटपिटबाट मृत्यु भएको दावी गरेका छन् ।

प्रहरीले छानबिन समिति गठन गरेपछि शुक्रबार साँझ नै पोस्टमार्टम पछि परिवारले शव बुझेका छन् । मृतकका बुवाले ‘घटनाको सत्यतथ्य छानबिन गरी पाऊँ’ भन्दै जाहेरी दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी प्रतीक विष्ट जन न्युज नेपाल खवर प्रतिनिधिलाइ बताए ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४