Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सहयोगको लागि हार्दिक अपिल लक डाउनले गर्दा ५ जनाको परिवार विचल्लीमा जन आवाज मिडिया हबद्दारा खाध्यान सामाग्री सहयोग तथा उद्दार !  


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, भाद्र २६ २०७७
  • 12.3K
    SHARES

लक डाउनले गर्दा ५ जनाको परिवार विचल्लीमा जन आवाज मिडिया हब द्दारा खाध्यान सामाग्री सहयोग  तथा उद्दार ! 

जन न्युज नेपाल खवर प्रतिनिधि नमुना दहाल कार्की 

लक डाउनले गर्दा ५ जनाको परिवार विचल्ली लकडाउनले अहिले सबैको दैनिकी फेरिएको छ । बानी परिवर्तन भएको छ । कामकाज ठप्प छ । व्यापार व्यवसाय ठप्प छ । लगभग विश्व नै घरमा सिमित हुन पुगेको छ । यसले सबै भन्दा बढी प्रभाव दैनिक ज्यालादारी र विपन्न वर्गमा परेका छ । दैनिक ज्याला गरेर गुजारा गर्ने र विपन्न वर्गसँग खाद्यान्न संचय गर्ने क्षमता हुदैन न त आय रोकिएपछि क्रय शक्ति नै हुन्छ । यस्तोमा दैनिक ज्यालादारी र विपन्न वर्गमा रोगले बाचे पनि भोकले नबाच्ने अवस्था आएको छ । यसको प्रत्यक्ष असर बिमला रसाइलीलाई पनि परेको छ । बिमला रसाइलीले ठेलामा तरकारी बच्दै त्यहि ठेलामै छोरा छोरी हुर्काएकी हुन् । २ बर्ष भयो श्रीमानको कुनै अतो पतो छैन् । ठेलामा तरकारी बेच्दै आफु सहित ५ जनाको परिवार खुसिले हुकाएकी बिमलालाई अहिले भने गत चैत ११ गते बाट कोरोनाको महामारीले गर्दा भएको लकडाउनले ठुलो आपत परेको छ । ४ महिना लकडाउन र एक महिनाको निषेधाज्ञाले गर्दा अहिले एक छाक खाना कसरी खाने र बच्चाहरु लाई के दिने भन्ने चिन्ता त छ नै बच्चाहरुले खाना माग्दा मनमा नराम्रो लाग्ने गरेको उनी बताउन्छ । उनी भन्छिन् काम गरेर खाने त्यहि एउटा ठेलामा तरकारीको ब्यापार गर्थे त्यो पनि अहिले ठप्प भएको छ । ‘सेवा नै धर्म हो’ भन्ने भनाइले आज भोलि मान्यता पाउन सकिरहेको छैन । सरकारले नागरिका समस्या लाई बुझ्न सकेको छैन् भने । नागरिक रोग भन्दा भोकले मर्ने लागेका छन् । बाटोमा रुदै हिड्न बाध्य भएका बालकको ललिते बोलीमा पनि लकडाउन भन्ने शब्दले पुर्णता पाएको छ भने गरिबका छोरा छोरी खान देउ भन्दै बाटोमा थाल थाप्न बाध्य हुदा पनि सरकार निदाएको छ कि भन्ने नागरिकलाई भान भएको छ । यद्यपी मानविय धर्मको भावना भएका अन्य संघ संस्था तथा व्यक्ति त् धेरै नै छन् गरीबको दुस्ख बुझने प्रयास नभएको हैन । तर यस्तो महामारीका बेला कुनै सघ संस्थाले मात्र गरेर गरीब चुलो दिर्घकालीन रुपमा बाल्न नसक्ने हुदा राज्यले आफनो दायित्व प्रति ध्यान दिन आवश्यक छ । तर बिमला रसाइलीको चुलोमा न राज्यको ध्यान पुग्यो न त् कुनै संघ सस्थाको यतिकैमा जन आवाज मिडिया हब प्रालिको अफिसमा एक जना कलाकार बहिनी आशा लामाले फोन गरेर सो घटनाको विवरण टिपाएको हुदा यस मिडियाबाट अध्यक्ष राजकुमार हुमागाई प्रबन्धक निर्देशक नेत्र बहादुर कार्की क्यामारा मेंन निर्जन महत लगाएतको टिम बिमला रसाइलीको बस्ने ठाउँ वडा न। १ सुन्दरीजल नगरपालिकामा पुगेर खाध्यान सामग्री सहयोग गरेर फर्केको छ “आशु होइन हाँसो दिन सिकौ” “दुख हैन सुख दिन सिकौ” “सेवा नै धर्म हो सबैले जानी राखेम”भन्ने आशा र बिस्वासको साथ देश तथा बिदेशमा बस्नुहुने सम्पूर्ण सहयोगी मनहरुलाई हार्दिक अनुरोध गर्दछौ सहयोगी मन हरुले हामीलाई सम्पर्क गर्न सक्नु हुनेछ ।

#सबैमा सहयोगको लागि हार्दिकअपिल गरिएको# “सम्पर्क नम्बर ९८४१५१६७१२ जन आवाज मिडिया हब प्रालि” 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४