Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक आज बस्दै,


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, भाद्र २६ २०७७
  • 5.1K
    SHARES

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक आज बस्दै,

जन न्युज नेपाल खवर प्रतिनिधि

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवादका कारण साउन १३ गतेखि अनिश्चित भएको नेकपा स्थायी कमिटि बैठक आज बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा ११ बजेदेखि बस्ने बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रस्ताव पेश हुदैछ।

दुई अध्यक्षले तयार पारेको राजनीतिक प्रस्तावमा प्रधानमन्त्री ओली प्रतिनिधि सभाको कार्यकालभरी प्रधानमन्त्री हुने,अर्का अध्यक्ष प्रचण्डले पार्टीको काम गर्ने,पार्टी एकताको काम एक महिनाभित्र सक्ने,महाधिवेशन चैत २५ देखि ३० गतेसम्म गर्ने रहेको छ।

त्यस्तै मापदण्ड बनाएर संघीय र प्रदेश मन्त्रिमण्डल पुनर्गठन गर्ने, सीमा समस्या सुल्झाउन कुटनीतिक संवाद गर्ने,शान्ति प्रक्रियाका बाँकी काम १ वर्षभित्र सक्ने,एमसीसी परियोजनाको सम्झौता परिमार्जनसहित पारित गर्ने,कोभिड-१९ महामारीको रोकथाम,नियन्त्रण,उपचार र आर्थिक पुनरुत्थान गर्ने लगायत रहेका छन्। पार्टीभित्रको विवाद समाधानका लागि सुझाव दिन गठित कार्यदलले तयार पारेको प्रतिवेदनका आधारमा दुई अध्यक्षले राजनीतिक प्रस्ताव तयार परेका हुन्। गत साउन ३० गते महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित ६ सदस्यीय कार्यदलले भदौं ६ गते २ अध्यक्षलाई प्रतिवेदन बुझाएको थियो।

भदौं १८ गतेको सचिवालय बैठकमा कार्यदलको प्रतिवेदन पेश भएको थियो। विवादकै कारण असार १० गतेदेखि सुरू भएको स्थायी कमिटि बैठकमा राजनीतिक प्रस्ताव समेत पेश हुन सकेको थिएन।

राजनीतिक प्रस्तावमा दुई अध्यक्षबिच सहमति नभएपछि स्थायी कमिटि बैठकमा छलफलका एजेण्डा पेश भएका थिए।तिनै एजेण्डाका आधारमा अहिलेको राजनीतिक प्रतिवेदन तयार भएको हो।कोरोना महामारीको प्रकोप भएकाले बैठकलाई धेरै नलम्ब्याउने दुई अध्यक्षको तयारी छ।

‘दुई अध्यक्षका बिचमा सहमति भइसकेको छ। त्यसैले विवाद र बहसपनि धेरै हुँदैन होला‘, श्रोतले जन न्युज नेपाल खवर लाई भन्यो,’बैठक सकेसम्म १ दिनमा सक्ने भन्ने नै हो । बढीमा २ दिन भन्दा बढी जाँदैन होला।‘

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४