Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बीपी जन्म दिवसमा प्रतिष्ठानको सहयोग:- योद्धा शिव कंगाललाई !


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, भाद्र २५ २०७७
  • 7.7K
    SHARES

बीपी जन्म दिवसमा प्रतिष्ठानको सहयोग:- योद्धा शिव कंगाललाई !

जन न्युज नेपाल खवर प्रतिनिधि काठमाडौँ !

काठमाडौँ / जननायक बीपी कोइरालाको१०७ औं जन्म दिवसको सन्दर्भमा रामेछाप बीपी कोइराला प्रतिष्ठानले प्रजातान्त्रिक योद्धा शिव कंगाललाई आर्थिक सहयोग गरेको छ ।

बुधबार भक्तपुरको कौशलटार स्थित कंगालको डेरा पुगि उनलाई रु. १५१०० आर्थिक सहयोग हस्तान्तरण गरेको प्रतिष्ठानका कोषाध्यक्ष जीवन कार्कीले जानकारी दिनुभयो ।

“प्रजातान्त्रिक आन्दोलनमा लामो समय जेल र प्रवास जीवन बिताएका कंगालको आर्थिक अवस्था दयनीय छ” प्रतिष्ठानका अध्यक्ष रामकृष्ण खड्का भन्नुहुन्छ ” वर्तमान राजनीति विकृति बिसंगतीले पुरिएको छ। जसका योगदानले मुलुकमा ठुला ठुला परिवर्तन भयो उहाँहरुकै अवस्था दयनीय हुनु दु:खद छ । कालो सिसाभित्र सयर गर्ने आलिशान बंगालाका मालिक सम्माननिय , माननीयहरुले विगत भुल्दा देशभरका योद्धाहरुको ठूलो अपमान भएकाले नै हामी शिव कंगाललाई सम्झेर यहाँ आएका हौं ” ।

“तपाईंहरुले मलाई सम्झेर आउनुभयो यो नै ठूलो ठान्छु ” शिव कंगाल भन्नुहुन्छ ” देशमा अहिले राजनीति छैन ब्यापर छ । अपार पैसा बटुल्ने ब्यापार नै राजनीति बन्यो । युवाहरुले त्यसो नगर्नुस् सुधार्नपट्टि लाग्नोस” ।

कंगाललाई आर्थिक सहयोग हस्तान्तरण गर्न नेपाली कांग्रेस रामेछापका सभापति लवश्री न्यौपाने , केन्द्रिय सुचना तथा प्रचार बिभाग सदस्य मधुकर खनाल , नेताहरु बिमल वाग्ने , घनश्याम श्रेष्ठ , नारायण कुमार खड्का , प्रतिष्ठानका महासचिव रत्नहरी ढुंगेल , नेविसंघ जिल्ला अध्यक्ष सुशील अधिकारी , कालिन्चोक फाउन्डेसनका अध्यक्ष दिनेश खड्का लगाएत पुगेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४