Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

काठमाडौँमा धमाधम घरका कोठा खाली हुन थाले, घरबेटीले घटाउन थाले भाडा !


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, भाद्र २३ २०७७
  • 5.1K
    SHARES

काठमाडौँमा धमाधम घरका कोठा खाली हुन थाले, घरबेटीले घटाउन थाले भाडा !

जन न्युज नेपाल खवर प्रतिनिधि काठमाडौँ !

काठमाडौं । जडिबुटी नरेफाँटका प्रकाश सुवेदीको तीन तलाको घर अहिले खाली छ । कुनै बेला एउटै कोठालाई साढे ६ हजारसम्म लिने सुवेदीले घर खाली भएपछि दश हजारमा तीनवटा कोठा भाडामा दिने निर्णय गरे ।  उनले सस्तोमा कोठा भाडामा दिने थाहा पाएपछि उनको घरमा अहिले छिमेकीकै घरमा बस्ने डेरावाला सरेका छन् ।  बानेश्वरकी रिना कार्कीको घर पनि आँशिक खाली भएको छ । घरमा बसेकाहरु पनि यो भन्दा सस्तो भाडा पाएर अन्तै जाने हुन् की भन्ने त्रासले सताएको कार्की बताउँछिन् । 

राजधानी काठमाडौँ, जहाँ देशका ७७ वटै जिल्लाबाट अनेकन सपना बुनेर मानिसहरु भित्रन्छन् ।  उच्च शिक्षा, रोजगारी, बालबच्चाको राम्रो शिक्षालगायतको उद्धेश्य बोकेर कैयौँ मानिसहरु काठमाडौं उपत्यका भित्रिने गरेका छन् ।  काठमाडौलाई नै कर्मथलो बनाउनेहरु बढेपछि पछिल्लो समय काठमाडौमा मानिसहरुको चाप बढ्दै गइरहेको यथार्थपनि छर्लंग नै छ ।

मानिसहरुको अत्यधिक चाप भएपछि  काठमाडौमा कोठा पाउन निकै मेहनत गर्नुपर्ने अवस्थासँगै चर्को भाडा असुल्थे घरबेटी । कतिपय घरबेटीको  जिविकोपार्जनको मुख्य स्रोत नै घरभाडा बनेको थियो ।  तर, कोरोनाभाइरसको महामारीसँगै अहिले अवस्था फरक बनेको हो । अर्थात उपत्यकामा भाडामा लगाइने कोठाहरु खाली हुन थालेका छन् भने विगतको तुलनामा यस्तोमा पनि पाउन थालिएको छ । 

कोरोना माहामारीका कारण चैत ११ देखि भएको लकडाउनका कारण  कैयौँ गाउँघर फर्केका छन्  ।  व्यापार, व्यवसाय, शिक्षा, रोजगारी सबै बन्द छन् । कर्मथलोमा बाँच्न नसक्ने देखेपछि जन्मथलोतिर गएकाहरु फर्केका छैनन् । जसका कारण अहिले काठमाडौंमा घरभाडामा सहजै पाउन थालिएको हो । त्यसैले त सुवेदी र कार्की जस्ता कयौँ घरबेटीले अहिले भाडा घटाएरै भएपनि भाडामा बस्नेहरुलाई घरमा राखिरहेका छन् । 

घरमात्र होइन व्यावसायिक सटरहरुमा पनि अधिंकाश टु लेट लेखेर फोन नम्बर छोडेको देखिन्छ । काठमाडौमा झण्डै ४० प्रतिशत पसल तथा व्यवसाय खाली हुँदै गएको  राष्ट्रिय व्यवसायी महासंघले बताउँदै आएको छ ।  कोरोनाअघिसम्म काठमाडौँमा कतिपयले घर भाडामा लगाएर राम्रो आम्दानी हुने लोभमा धमाधम घर समेत बनाए । तीनै घरबेटी अहिले घर खाली हुँदा अन्य घरमा बस्ने डेरावाललाई कम भाडादरको लोभ देखाएर तानिरहेका छन् । मानौँ अहिले काठमाडौँमा घरबेटीहरुबीच भाडा घटाउने प्रतिस्पर्धा नै चलेको छ, जसरी बैंकहरुबीच ऋणी तानातानको प्रतिस्पर्धा चलिरहेको छ । 

कोरोना माहामारी तत्काल अन्त्य हुने नदेखिएपछि घर फर्केकाहरु अहिले नै काठमाडौ आइहाल्ने पक्षमा छैनन् । बरु उनीहरु अहिले काठमाडौंमा बस्दै आएको कोठामा भएका सामान अन्यत्र व्यवस्थापनमा जुटेका छन् । कसैले गाउँनै लगेका छन् भने कसैले आफन्त या अन्य सस्तो पर्ने ठाउँमा व्यवस्थापन गरिरहेका छन् ।  यसो त कुनैबेला चर्को भाडा असुल्ने काठमाडौँका अधिकांश घरधनीले महामारीको समयमा समेत घरभाडा छुट दिएनन् । सरकारले एक महिलानाको घरभाडा छुट दिन आग्रह गरेपनि अधिकांश घरबेटीले बहानाबाजी गरेर छुट नदिएका हुन् । 

डेरावाल संघका अध्यक्ष बलबहादुर खनालका अनुसार देशभर ६७ प्रतिशत डेरावाला छन् । अहिले काठमाडौंमा रहेका करिब १८ लाख मानिस बाहिरिएका छन् । त्यसमा १० लाख पुनः  फर्कने सम्भावना रहेको छ ।  ‘कोरोना माहामारीपछि अहिले मानिसले जन्मथलो रोज्न थाले, पहिले कर्मथलो रोज्थे । आर्थिक रुपमा कर्मथलोमा अभाव भयो त्यसकारण जन्मथलो रोजे’, उनले भने, ‘ जन्मथलोमा कम्तिमा आफूसँग भएको जग्गा जमिन सदुपयोग गरेर भएपनि जीवन गुजारा त चल्छ ।’ 

 कोरोना माहामारीकै कारण अहिले वैदेशिक रोजगारमा गएकाहरु विस्तारै फर्कँदैछन् । अहिले मानिसलाई बहाल तिरेर वस्नुभन्दा गाउँमै बस्नु उपयुक्त हो भन्ने भएको छ ।  खनाल भन्छन्, ‘गाउँका मानिस शहरमा नआउँदा आर्थिक गतिविधि न्युन हुँदोरहेछ भन्ने अहिले प्रमाणित भएको छ । हरेक शहरमा खुलेका पसलमा एक दुई प्रतिशत ग्राहक पनि आउँदैनन्, किनभने बाहिरका मानिसहरु पैसाको पोको बोकेर काठमाडौ छिरेकै छैनन् । घरबहाल घटेको छ तर पनि बस्ने मानिस छैनन् ।’

आफूहरुले ५० प्रतिशत छुटको माग गर्दा घरबेटीहरुले बेवास्ता गरेको उनले बताए ।   उनले भने, ‘घरबेटी र डेरावाला दुबै बाँचोस भनेर ५० प्रतिशत छुट मागेका थियौँ । तर बेवास्ता भयो ।  हिजो भाडामा प्रतिस्पर्धा गरेर कोठा भाडा बढाउँथे, अहिले घटाउन प्रतिस्पर्धा भएको छ । तर पनि बस्ने मान्छे छैनन् ।

{#काठमाडौँ#घरबेटी}

 

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४