Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

निषेधाज्ञा थपिएमा नाडाले नमान्ने, २५ गतेदेखि व्यवसाय खोल्ने घोषणा :-


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, भाद्र २२ २०७७
  • 11.4K
    SHARES

निषेधाज्ञा थपिएमा नाडाले नमान्ने, २५ गतेदेखि व्यवसाय खोल्ने घोषणा :-

जन न्युज नेपाल खवर प्रतिनिधि

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भदौ २५ गतेदेखि सम्पूर्ण व्यवसायीलाई नियमित रुपमा व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ।

नाडाको आज (सोमबार) बसेको पदाधिकारी बैठकले भदौ २४ गतेसम्म निषेधाज्ञाको समय रहेकोले २५ गते देखि नियमित रुपमा व्यवसाय सञ्चालन गर्न आग्रह गर्ने निर्णय गरेको हो।

नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले १ सय ८० दिनसम्म सरकारको आदेश मानेर बसेको अवस्थामा अब हुने लकडाउन या निषेधाज्ञाको पालना नगर्नेगरी सबै व्यवसायीलाई आफ्नो व्यवसाय सञ्चालन गर्न आग्रह गरिएको बताएका छन् ।

उनले सरकारले देशको अर्थतन्त्रलाई बुझेर व्यवसाय गर्न पाउनेगरी सहजीकरण गर्नुपर्ने बताएका छन् । सरकारले त्यस्तो व्यवस्था नगरे पनि निषेधाज्ञालाई तोडेर अथवा विद्रोह गरेर भए पनि अब व्यवसाय सञ्चालन गर्ने उनको भनाइ छ।

उनले भने ‘सरकारले बुझेर लकडाउनलाई केही न केही सहजीकरण गरेर अगाडि बढ्न पर्छ, यदि गरेन भने पनि यो निषेधाज्ञा तोडिन्छ, जनताले विद्रोह गर्छन्, व्यवसायीले विद्रोह गर्छन्, त्यसकारण कसैले पनि नमान्ने खालको नियम ल्याउनु भनेको ठीक हुँदैन, सरकार आफैले बुझ्नुपर्छ।’

सरकारी कर्मचारीहरूले काम नगरे पनि तलब भत्ता आइरहने भएकाले कोरोना संक्रमणदेखि नै लकडाउन गर्नुपर्छ भनिरहेको भन्दै उनले असन्तुष्टि व्यक्ति गरे।

घरमै बसेर तलब भत्ता आउने भएपछि किन लकडाउन खोल्ने भन्ने मानसिकता कर्मचारी र राजनीतिज्ञहरूमा रहेको दुलालको भनाइ छ।

 उनले भने ‘सुरूदेखि नै हेर्‍यो भने सरकारी कर्मचारीहरूले कहिले पनि काममा जानुपर्छ भनेर भनेको छैन, जति पनि सरकारी कर्मचारीहरूले के भनेका छन् भने बन्द गर्नुपर्छ कोरोना फैलिन्छ, घरमा बस्नुपर्छ भनेका छन । किनभने उहाँहरूले तलब घरमै बसीबसी पाउनुभएको छ। पैसा आउने जति पनि राजनीतिज्ञ छन्, जति पनि नेता छन्, जति पनि कर्मचारी छन् सबैले बन्द गर्नुपर्छ कोरोना सर्छ भनेको नै आवाज सुन्छौं।’

कोरोना नियन्त्रणका लागि शोक मनाएर बस्दाबस्दै भोक लाग्ने बेला भइसकेको उनले बताएका छन्। अहिले पछिल्लो समयमा भारत, पाकिस्तान युरोप अमेरिका साउदी कतार दुबई सिंगापुर लगायत विश्वभर लकडाउन खुलिसकेको अवस्थामा नेपालमा पनि खोल्नुको विकल्प नभएको दुलालले बताएका छन्।

लकडाउनमा समस्याको समाधान नभएकाले सुरक्षित भएर काम गर्नु नै देशको आवश्यकता रहेको पनि उनले स्पष्ट पारे। विश्वलाई हेरेर व्यवसाय सुचारु गर्नुको विकल्प नरहेको उनको भनाइ छ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४