Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

केन्द्रीय कारागार अस्पतालमा कोरोना संक्रमित र अन्य बिरामीको एकै ठाउँमा उपचार


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, भाद्र २२ २०७७
  • 5K
    SHARES

केन्द्रीय कारागार अस्पतालमा कोरोना संक्रमित र अन्य बिरामीको एकै ठाउँमा उपचार

जन न्युज नेपाल खवर प्रतिनिधि काठमाडौँ

काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागार अस्पतालमा कोरोना संक्रमित र अन्य बिरामीको एकै ठाउँमा उपचार हुने गरेको पाइएको छ।

अस्पतालमा जनरल र आइसोलेसन बेड भनेर छुट्याइए पनि दुवै एउटै भवनमा रहेको र सबै बिरामीलाई जनरल बेडमै राखेर उपचार गर्ने गरिएको पाइएको हो।

अस्पतालकी एक स्वास्थ्यकर्मीले जन न्युज नेपाल खवर प्रतिनिधि सँग भनिन्, ‘अन्य बिरामी र कोभिडका शंकास्पद बिरामीको जनरल वार्डमै उपचार भइरहेको छ। एक जना संक्रमित महिलालाई भने जनरल बेडमै अन्य बिरामीसँगै राखिएको छ।’

उनले अहिले जनरल बेडमा जम्मा १० जना बिरामीको उपचार भइरहेको र त्यसमा सात जना कोरोना शंकास्पद रहेको बताइन्।

 यसरी सबै बिरामीलाई एकै ठाउँ राखेर उपचार गर्दा अन्य बिरामीमा पनि संक्रमण सर्ने जोखिम रहेको उनी औंल्याउँछिन्।

‘टाउको, पेट दुखेको र अन्य समस्याका बिरामीलाई पनि कोभिड शंकास्पद बिरामीसँगै जाँच गर्नुपरेको छ,’ ती स्वास्थ्यकर्मीले भनिन्, ‘सुरूमा बिरामीहरू जनरल वार्डमा आउनुहुन्छ र पछि कोरोना पोजेटिभ देखियो भने आइसोलेसन वार्डमा सिफ्ट गरिन्छ। तर शंकास्पद र अन्य बिरामीलाई एउटै वार्डमा राख्दा संक्रमण सर्ने खतरा हुन्छ।’

अहिले अस्पतालको आइसोलेसनमा एक महिलासहित तीन जना संक्रमित कैदीको उपचार भइरहेको छ।

साथै संक्रमित कैदीहरूको सम्पर्कमा आएकाहरूको ट्रेसिङ नभएको पनि ती स्वास्थ्यकर्मीले बताइन्।

 कति पोजेटिभ केसहरूलाई लक्षण छैन भनेर हामीले डिस्चार्ज गर्छौं र उहाँहरूलाई कारागारभित्रै रहेको आइसोलेसनमा राखिन्छ। तर, उहाँहरूको सम्पर्कमा आएका अन्य कैदीहरूको भने ट्रेसिङ नै भएको छैन,’ उनले भनिन्।

अस्पतालमा संक्रमितको उपचारमा खटिने नर्सहरूलाई समेत क्वारेन्टिनमै नराखी नियमित ड्युटीमा खटाइएको पाइएको छ।

सुरक्षाको हिसाबले स्वास्थ्यकर्मीहरूलाई एक हप्ता संक्रमितको उपचारमा खटिएपछि १४ दिन क्वारेन्टिनमा राख्ने र पिसिआर परीक्षण गरेर नेगेटिभ नतिजा देखिएपछि मात्र ड्युटीमा खटाउनुपर्छ।

देशका अन्य विभिन्न अस्पतालहरूले यही अभ्यास गरिरहेका छन्। तर, कारागारमा रहेका नौ जना नर्सलाई भने अस्पतालले नियमित ड्युटीमा खटाएको छ। यसरी नियमित ड्युटीमा खटिँदा नर्सहरूमा मनोवैज्ञानिक असर पर्ने अर्का एक स्वास्थ्यकर्मी बताउँछन्।

‘नर्सहरूलाई बिदासमेत दिइएको छैन। सधैं ड्युटीमा खटाइएको छ। पर्याप्त नर्सहरू पनि छैनन्। अस्ति झगडा गर्दागर्दा एक जना थपिदिनु भएको थियो,’ ती स्वास्थ्यकर्मीले भने, ‘उहाँहरूमध्ये पाँच जना अस्पतालकै एउटा मिटिङ हलमा बस्नुहुन्छ। यातायातको व्यवस्था गर्दिन सके उहाँहरू आफ्नो घरमा गएर त बस्नसक्नु हुन्थ्यो नि।’

यस्तै अस्पतालले संक्रमित व्यक्ति र अन्य बिरामीको उपचारमा एउटै स्वास्थ्यकर्मीलाई खटाएको छ। जसले गर्दा स्वास्थ्यकर्मी नै संक्रमित भए अन्य बिरामीमा पनि संक्रमण सर्न सक्ने जोखिम रहन्छ। ‘हामीले पिपिइ त लगाएका हुन्छौं तर पनि केही कारणले हामीलाई संक्रमण भयो भने अन्य बिरामीमा पनि संक्रमण सर्ने खतरा हुन्छ,’ अर्का एक स्वास्थ्यकर्मीले भने।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. बिना शाक्यले पूर्वाधारको अभाव हुँदा सबै बिरामीको एकै ठाउँमा उपचार गर्नुपरेको बताइन्।

‘हाम्रो कोभिड र ननकोभिड भनेर छुट्टै भवन छैन। एउटैमा उपचार गर्नुपरेको छ। त्यसले गर्दा व्यवस्थापन गर्न गाह्रो भइरहेको छ,’ उनले जन न्युज नेपाल खवर प्रतिनिधि संग भनिन्।

अस्पतालमा कोभिड संक्रमितका लागि माथिल्लो तलामा ११ बेडको आइसोलेसन तयार गरिएको भए पनि पोजेटिभ भनेर यकिन नभइन्जेलसम्म जनरल वार्डमै राखेर उपचार गरिने गरिएको छ।

डा. शाक्यले यी समस्याका बारेमा सोमबार नै गृह मन्त्रालयसँग छलफल रहेको जनाइन्।

‘हामीलाई व्यवस्थापन अलि समस्या नै परेको छ। यसबारै आजै गृह मन्त्रालयमा छलफल छ,’ उनले भनिन्।

#सरोकारवालाको#लाहप्रबाही#कोभिड र नन कोभिडको#उपचारसंगै राखेर#

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४