Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गीता केसी हत्या प्रकरण : श्रीमानलाई अस्पताल जान्छु भनेर भतिजसँग घुम्न जंगलतिर !


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, भाद्र २० २०७७
  • 5.4K
    SHARES

गीता केसी हत्या प्रकरण : श्रीमानलाई अस्पताल जान्छु भनेर भतिजसँग

घुम्न जंगलतिर !

जन न्युज नेपाल खवर प्रतिनिधि ललितपुर !

 

मृतक केसी अल्का अस्पतालको कर्मचारी भएको खुलासा !

ललितपुर । भैंसेपाटी बस्दै आएकी ३९ वर्षीया गीता केसीको हत्या अरोपमा भतिजा निर्मल केसीलाई प्रहरीले पक्राउ गरेको छ । निर्मल शनिबार बिहान भैंसेपाटीस्थित घरबाट पक्राउ परेका हुन् । 

प्रहरीको प्रारम्भिक अनुसन्धानमा गीताको घाँटी थिचेर हत्या गरिएको हो । केसीको परिवारले उनी हराएको भन्दै तीन दिनअघि महानगरीय प्रहरी परिसर, ललितपुरमा उजुरी दिएको थियो ।

केसीको शव शुक्रबार साँझ ललितपुरको गोदावरी नगरपालिका–१० मुलडोलस्थित सामुदायिक वनमा हत्या गरेको अवस्थामा सडकबाट दुई सय मिटरभित्र लेलेको जंगलमा फेला परेको थियो । 

हत्या आरोपी केसीविरुद्ध ज्यान सम्बन्धी कसुरमा म्याद थप गरेर विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

तीन वर्षदेखि अफेयरमा
निर्मल र गीता विगत ३ वर्षदेखि अफेयरमा रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । हत्या आरोपी निर्मलले गीतासँग अफेयरमा रहेको स्वीकारेको प्रहरीले जनाएको छ । 

शव फेला परेलगत्तै प्रहरीले अनुसन्धान थालेको थियो । अनुसन्धान सुई निर्मलतिर सोझिएपछि प्रहरीले भैंसेपाटीस्थित घरबाट निर्मललाई पक्राउ गरेको ललितपुरका प्रहरी प्रमुख एसएसपी टेक प्रसाद राईले जन न्युज नेपाल खवर लाइ जानकारी दिए । 

मृतकको श्रीमान घरमा नभएको बेला निर्मल जाने आउने समेत गरेको अनुसन्धानमा संलग्न एक प्रहरीले बताए । ‘सहयोग गर्ने बहानामा मृतक केसी र निर्मलबीच नजिकको सम्बन्ध रहेको खुलेको छ,’ ती अधिकृतले जन न्युज नेपाल खवर सँग भने ।

अल्का अस्पतालको कर्मचारी
मृतक गीता केसी पुल्चोकस्थित अल्का अस्पतालको कर्मचारी रहेको खुलेको छ । अस्पतालमा ‘हाउस किपिङ’ को रुपमा कार्यरत थिइन् मृतक केसी । 

निर्मलले नै मृतक केसीलाई अस्पताल लगिदिने र ल्याइदिने गर्थे । अनुसन्धानमा संलग्न प्रहरीका अनुसार सोही दिनपछि मृतक केसीले श्रीमानलाई ढाँटेर अस्पताल जानुपर्ने भयो भन्दै घरबाट निस्केकी थिइन् । 

निर्मलले अस्पताल नगई घुम्न जाउँ भनेपछि उनीहरु लेलेको जंगल गएको प्रहरी अनुसन्धानबाट खुलेको छ । जंगल पुगेपछि केही समय उनीहरु एकान्तमा गएर बसेको खुलेको छ । 

‘त्यहिँ उनीहरुबीच झगडा हुन्छ,’ अनुसन्धानमा खटिएका प्रहरी भन्छन्, ‘सामान्य झगडाले हत्याको रुप लिएको देखिन्छ ।’ यद्यपी झगडाको कारण आर्थिक लेनदेन हुनसक्ने आशंका गरिएको छ । 

घाँटी थिचेर गीताको हत्या गरिएको हुनसक्ने प्रहरीको अनुमान छ । मृतक केसीको शरीरमा केही चोटपटक समेत देखिएको छैन । यद्यपी पोष्टमार्टम रिपोर्टपछि मात्रै हत्याको कारण भन्न सकिने एसएसपी राई बताउँछन् । 

आर्थिक लेनदेन हुनसक्ने
मृतक केसीको श्रीमानले रक्सी खाएर सधैं गीतासँग झगडा गर्ने गरेको प्रहरीले बताएका छन् । सो कुरा निर्मलले राम्रोसँग नियालिरहेका हुन्थे । 

श्रीमानबाट अपहेलित भएपछि गीतालाई निर्मलले हरेक कुरामा सहयोग गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ । मृतक केसीले निर्मललाई पैसा पनि राख्न दिएकी थिइन् । 

‘राख्न दिएको पैसा मागेपछि हत्या गरेको हुनसक्छ,’ अनुसन्धानमा खटिएका प्रहरी भन्छन्, ‘आर्थिक मामिलाको विषयलाई लिएर नै केसीको हत्या भएको हो । आरोपीले समेत घटना स्वीकारेका छन् ।’

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४