रातो मच्छिन्द्रनाथलाई सांकेतिक रथयात्रा गरेर बुङ्गमती लगिने
जन न्युज नेपाल खवर प्रतिनिधि
ललितपुर/विवाद र झडपपछि सरोकारवाला र स्थानिय प्रशासनले सांकेतिक रुपमा रातो मच्छिन्द्रनाथको रथलाई बुङ्गमती लैजाने सहमति भएको छ । ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) टेकप्रसाद राई र गुठी संस्थानका अधिकारी र १९ वटा जातिय संगठनले ‘संक्षिप्त रथयात्रा’ गर्ने निर्णय गरेका हुन् ।
शुक्रबार क्षमापुजा गरेर सांकेतिक रुपमा रथलाई खटमा बोकेर बुङ्गमती लैजाने सहमती भएको छ’ ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जनले जन न्युज नेपाल खवर प्रतिनिधिसँग भने, ‘संक्षिप्त रथयात्रामा थोरै मात्र मानिस सहभागी हुन्छन् ।’
ज्योतिष र पाञ्जु सहभागी बैठकले शनिबार सांकेतिक रुपमा रथ तान्ने र आइतबार जात्रा पुजा गर्ने सहमति गरेका छन् । अध्यक्ष महर्जनका अनुसार भदौ २२ मा साइत हेरेर सांकेतिक रथलाई खटमा राखेर बुगमती लैजाने सहमति भएको छ ।