Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रुसमा कोभिड-१९ विरुद्धको खोप पुटिनकी छोरीलगायत ७६ जनामा परीक्षण गरियो


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, भाद्र २० २०७७
  • 7.1K
    SHARES

रुसमा कोभिड-१९ विरुद्धको खोप पुटिनकी छोरीलगायत ७६ जनामा

गरियो परीक्षण

 जन न्युज नेपाल खवर प्रतिनिधि काठमाडौँ

काठमाडौं । रुसमा विकास गरिएको कोभिड–१९ विरुद्ध खोपको पछिल्लो ७६ जनामा गरिएको परीक्षणबाट निकै सकारात्मक परिणाम देखापरेको रुसी अधिकारीहरुले दाबी गरेका छन् ।

बीबीसीका अनुसार सो खोपको परीक्षण जुन र जुलाइमा सुरु गएिको र त्यसमा दुई पटकमा हरेक समूहमा ३८ जना स्वस्थ व्यक्ति समावेश गरिएको थियो ।

उनीहरुलाई पहिलो पटक सो खोप दिनुका साथै त्यसको तीन हप्तापछि बुस्टर डोज दिइएको थियो ।

सो खोपको परीक्षणमा १८ देखि ६० वर्ष उमेर समूहका व्यक्ति समावेश थिए ।

उनीहरुलाई खोप दिइएको ४२ दिन पछि परीक्षण गर्दा सबैमा तीन हप्ता भित्रै रोगसँग लड्ने एन्टिबडी पैदा भइसकेको थियो ।

अध्ययनका क्रममा सबैमा टाउको र जोर्नी दुख्ने जस्ता साइड इफेक्ट पाइए पनि अन्य कुनै गम्भीर साइडइफेक्ट नभएको पाइएको छ ।

सो खोपको परीक्षण रुसी राष्ट्रपति भ्यादिमिर पुटिनकी छोरीमा पनि गरिएको र उनले राम्रो अनुभव गर्नुका साथै उनमा धेरै मात्रामा एन्टिबडी उत्पन्न भएको पुटिनले जानकारी गराउनुभएको समाचारमा जनाइएको छ ।

रुसले सो खोपको ठूलो संख्यामा यही सेप्टेम्बरभित्र उत्पादन थाल्ने र एक वर्षमा ५० करोड डोज उपलब्ध गराउन सकिने बताइएको छ ।(एजेन्सी)

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४