Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एक महिनाभित्र काठमाडौंमा कोरोना संक्रमण नियन्त्रण बाहिर जानसक्ने चेतावनी !


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, भाद्र २० २०७७
  • 3.1K
    SHARES

एक महिनाभित्र काठमाडौंमा कोरोना संक्रमण नियन्त्रण बाहिर जानसक्ने

चेतावनी !

जन न्युज नेपाल खवर प्रतिनिधि काठमाडौँ !

काठमाडौं, । कोभिड-१९ संक्रमण नियन्त्रणमा प्रभावकारी काम हुन नसके एक महिनाभित्र काठमाडौं उपत्यकाको स्थिति नियन्त्रण बाहिर जानसक्ने स्वास्थ्य विज्ञहरुले बताएका छन् ।

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले कोभिड-१९ को सम्बन्धमा सरकारले गरेका काम कारबाहीको अनुगमन गर्न गठित उपसमितिको शुक्रबारको बैठकमा उपस्थित विज्ञहरुले स्वास्थ्यकर्मीले अहिलेकै स्थितिमा काम गर्नुपरे एक महिनाभित्रमा काठमाडौं उपत्यकामा कोभिड संक्रमण नियन्त्रण बाहिर जानसक्ने बताएका हुन् ।

जनस्वास्थ्यविज्ञ डा. महेश मास्केले चिकित्सक र नर्सहरुको जायज मागहरु पूरा गरी उत्प्रेरित गर्नुपर्नेमा सरकारले न्यूनतम् स्वास्थ्य सामग्रीसमेत उपलब्ध नगरेर हेलचेक्र्याइँ गरिरहेको बताउनुभयो ।

न्यूनतम् स्वास्थ्य सामग्री उपलब्ध गराउन नसक्ने सरकारले कोभिड नियन्त्रणमा छ भनेर कसरी भन्न सक्यो ? भन्दै उहाँले प्रश्नसमेत गर्नुभयो ।

उहाँले यही गतिमा काम भइराख्ने हो भने अबको एक महिनाभित्रमा काठमाडौं उपात्यकाको स्वास्थ्यस्थिति नियन्त्रणभन्दा बाहिर जाने बताउनुभयो ।

जनस्वास्थ्यविज्ञ प्रा. डा. सुजनबाबु मरहठ्ठाले स्वास्थ्य निकाय र स्वास्थ्यकर्मीलाई कसरी सुरक्षित राख्ने र मनोबल कसरी बढाउने भन्ने पक्षमा व्यवस्थापन गर्न नसके भयाभह स्थिति आउनसक्ने बताउनुभयो ।

समुदायस्तरमा संक्रमण रोक्न नसकेको अवस्थामा अस्पतालमा कार्यरत् स्वास्थ्यकर्मीहरुमा पनि संक्रमण फैलने स्थिति आए संकट आउनसक्ने उहाँले बताउनुभयो ।

संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीले स्वास्थ्य संस्थाहरुमा नै कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि तयार भएको आधारभूत मापदण्डको पालना नभएको बताउनुभयो ।

कतिपय अस्पतालमा बिरामी आउँदैनन् भन्दै ‘पीसीआर’ परीक्षण नै नगरेको पनि उहाँले बताउनुभयो ।

यसबाहेक मास्क लगाउने, स्यानिटाइजर प्रयोग गर्ने, दुरी कायम गर्ने, पीपीईको प्रयोग राम्रोसँग गर्नेलगायतका काम अझैपनि हुन नसकेको उहाँले बताउनुभयो ।

आयुर्वेदिक तथा वैकल्पिक चिकित्साका महानिर्देशक डा. वासुदेव उपाध्यायले कोभिडबाट त्रसित भइ घरमा बस्ने र जडीबुटी खाएका नेपाली भन्दै बाहिर निस्कने प्रवृत्तिले समस्या आएको बताउनुभयो ।

उहाँले परम्परागतरुपमा ‘एन्टीभाइरल’ औषधिको रुपमा प्रयोग हुँदै आएका जडीबुटी सम्बन्धमा अनुसन्धान हुनुपर्ने बताउनुभयो ।

#काठमाडौं उपत्यका#कोरोना#जडीबुटी#जनस्वास्थ्यविज्ञ#संक्रमण

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४