Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

टी-२० क्रिकेटमा अष्ट्रेलियामाथि इंग्ल्यान्ड २ रनले विजयी


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, भाद्र २० २०७७
  • 4K
    SHARES

टी-२० क्रिकेटमा अष्ट्रेलियामाथि इंग्ल्यान्ड २ रनले विजयी

जन न्युज नेपाल खवर 

काठमाडौं । घरेलु टोली इंग्ल्यान्डले अष्ट्रेलियामाथि जित दर्ता गर्दै पहिलो ट्वेन्टी–ट्वेन्टी क्रिकेट खेलमा जित हासिल गरेको छ ।

शुक्रबार साउथह्याम्प्टनमा भएको खेलमा इंग्ल्यान्ड २ रनले विजयी हुँदै तीन खेलको सिरिजमा १–० को अग्रता लिन सफल रहयो ।

इंग्ल्यान्डले दिएको १ सय ६३ रनको लक्ष्य पछ्याउने क्रममा अष्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६० रन मात्र जोड्न सक्यो ।

अष्ट्रेलियाका लागि कप्तान आरोन फिन्च र डेविड वार्नरले पहिलो विकेटका लागि ९८ रनको साझेदारी गर्दौ उत्कृष्ट सुरुवात दिलाएका थिए ।

फिन्च ४६ रनमा आउट भए । स्टिभ स्मिथले १८ रन जोडे । यस्तै डेविड वार्नरले ५८ रन जोडे । इंग्ल्यान्डका लागि जोफ्रा आर्चर र आदील राशिदले २–२ विकेट लिँदा मार्क वुडले १ विकेट हात परे ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६२ रन बनाएको थियो ।

इंग्ल्यान्डका डेविड मलानले सर्वाधिक ६६ रनको योगदान दिए । जस बटलरले ४४ रनमा बनाए भने क्रिस जोर्डन १४ र आदिल राशिद १ रनमा अविजित रहे । टम कुरान ६ रनमा आउट भए ।

अष्ट्रेलियाका स्पिनर एश्टन अगर, ग्लेन म्याक्सवेल, केन रिचर्ड्सनले २–२ विकेट लिए ।

प्याट कमिन्सको नाममा १ विकेट रह्यो । तीन खेलको सिरिज अन्तर्गत दोस्रो खेल आइतबार र अन्तिम खेल मंगलबार साउथह्याम्पटनमै हुनेछ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४