Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भीड हटाउन पानीको फोहोरा, पुल्चोकमा ढुंगा हानाहान !


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, भाद्र १८ २०७७
  • 7.2K
    SHARES

भीड हटाउन पानीको फोहोरा, पुल्चोकमा ढुंगा हानाहान!

जन न्युज नेपाल खवर प्रतिनिधि ललितपुर

 निशेधाज्ञा तोडेर रातो मच्छिन्द्रनाथको रथ तान्न पुल्चोकमा सयौंको संख्यामा भेला भएका स्थानीयलाई हटाउन प्रहरीले पानीको फोहोरा छाडेका छन्। आक्रोशित भीडले प्रहरीको गाडीमाथि ढुंगा हानेका छन्। केही प्रहरी घाइते भएका छन्। निशेधाज्ञामा सुनसान रहने पुल्चोकको बीच सडक यति बेला तनावपूर्ण छ।

अघिसम्म रथ तान्न भेला भएका स्थानीयलाई प्रहरीले तितरबितर पारेका छन्। सडकको बीचमा ठूलो संख्यामा प्रहरी उपस्थित छ। प्रहरीले सडकबाट भीड पन्छाएर रथलाई घेरेर बसेका छन्।

लामो समयदेखि थाती रहँदै आएको रातो मच्छिन्द्रनाथको रथलाई निषेधाज्ञाकै बीच तानिएको हो। मलमास अगाडि नै मच्छिन्द्रनाथलाई बुंगमती लग्नुपर्ने प्रचलन कारण अधीर भएका स्थानीय सयौंको संख्यामा पुल्चोकमा जम्मा भएका थिए। आक्रोशित भीडले यो प्रहरी कारबाहीलाई स्थानीय जात्रापर्वमाथिको दमनका रूपमा लिएको छ।

 प्रहरीले सुरूमा रोक्न खोजे पनि सयौंको संख्यामा आएका जनतालाई उनीहरूले रोक्न सकेका थिएनन्। बीच सडकमा ल्याउँदा रथ केही लच्केको देखिएको थियो।

कोरोना महामारीबीच उपस्थित यति ठूलो भीडमध्ये कतिपयले मास्क लगाएका छन् भने मास्क नलगाउनेहरू पनि थुप्रै छन्। कोरोना महामारी र लकडाउनका कारण निर्धारित तिथिमा हुन नसकेको रथयात्रा अहिलेसम्म स्थगित रहँदै आएको थियो।

 ‘मलमास अगाडि नै मच्छिन्द्रनाथलाई बुंगमति लग्नुपर्छ। तर गुठी संस्थानले रथ तान्ने व्यवस्था नगराइदिएको र समय घर्कंदै गएकाले जनता आएर तान्न सुरू गरेका हुन्,’ रथ निर्माणका नाइके दिलकुमार बाराहीले भने।

असार १० गतेबाट रथ निर्माण सुरू भएको थियो। मच्छिन्द्रनाथ महास्नानको भोलिपल्टदेखि रथ बनाउने चलन छ।

गत चैत २७ गते मच्छिन्द्रनाथको निर्माण समय तोकिए पनि लकडाउनका कारण काम हुन सकेको थिएन। लकडाउन खुकुलो भएसँगै नयाँ साइत निकालेर क्षमापूजा गरेपछि पुल्चोकमा निर्माण सुरू गरिएको थियो।

पछिल्लाेपटक भाद्र १ गतेबाट तानिने भने पनि गुठी संस्थाकाे आदेशका कारण राेकिएकाे थियाे।

‘असोज २ देखि मलमास लाग्छ। त्यो समयमा रथ तान्न मिल्दैन। दसैंसम्म मच्छिन्द्रनाथलाई बुंगमती पुर्याउनपर्ने भएकाले हामीले निश्चित मान्छे राखेर भए पनि रथ तान्नैपर्छ,’ बाराहीले भने।

केही व्यक्तिले भने कोरोनाको समयमा सबैको सुरक्षाको ख्याल राख्दै कर्फ्यू लगाएर भए पनि रथयात्रा सम्पन्न गर्नुपर्ने राय दिएका छन्।

तस्बिरहरू :

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४