Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेस प्रचार विभागमा नीर शाहदेखि मीनबहादुर भामसम्म


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, भाद्र १८ २०७७
  • 7K
    SHARES

कांग्रेस प्रचार विभागमा नीर शाहदेखि मीनबहादुर भामसम्म !

जन न्युज नेपाल खवर प्रतिनिधि काठमाडौँ !

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रवक्ता विश्वप्रकाश शर्माको नेतृत्वमा रहेको सूचना, सञ्चार तथा प्रचार विभागमा उपप्रमुख, सचिव र सदस्यहरू मनोनयन गरेका छन्।

पार्टी विधान २०१७ को धारा २५ (९) बमोजिम सभापति देउवाले बुधबार विभाग विस्तार गर्दै ४८ जना सदस्य मनोनित गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

कांग्रेसले गठन गरेका विभागहरूमध्ये तुलनात्मक रूपमा प्रचार विभागमा सबै क्षेत्रको प्रतिनिधित्व देखिएको एक सदस्यले जन न्युज नेपाल खवर लाई जानकारी दिए।

महाधिवेशन सकिएको छ महिनाभित्र बनाइसक्नु पर्ने विभाग अर्को महाधिवेशनको मुखमा गठन गरिएकोमा वरिष्ठ नेता रामचन्द्र पौडेललगायतले विरोध गरिरहेका छन्। तर सभापति देउवाले विभाग गठन र विस्तारका काम रोकेका छैनन्।

‘ढिलै भए पनि प्रचार विभाग विस्तार हुनु राम्रो हो,’ एक सदस्यले भने, ‘सभापति र प्रवक्तासमेत रहेका संयोजकले सकेसम्म सबै क्षेत्रलाई प्रतिनिधित्व हुने गरी विभागमा सदस्यहरू मनोनित गर्नुभएको छ।’

विभागका अधिकांश सदस्य पत्रकारिता क्षेत्रमा लागेकाहरू छन्।

नेपाल पत्रकार महासंघका अध्यक्ष भइसकेका सुरेश आचार्य विभागका उपप्रमुख छन्। नेपालमा टेलिभिजन सञ्चालनमा भूमिका खेलेका काठमाडौंका नीर शाह पनि विभागका सदस्य छन्।

‘कांग्रेसका पदाधिकारी, केन्द्रीय समिति र विभागलगायतमा यसअघि मगर समुदायको प्रतिनिधित्व छुटेको थियो। प्रचार विभाग सचिवमा मगर समुदायका व्यक्ति दिनेश थापा मगरलाई ल्याइएको छ,’ उनले भने। यसअघि उनी मगर संघका उपसभापति थिए।

प्रचार विभागमा निजी रेडियोहरूको छाता संस्था बानका गोपाल झा, चलचित्र निर्देशक मीनबहादुर भाम पनि समेटिएका छन्।

यस्ता छन् प्रचार विभागका सदस्यहरु विवरण सहित :

  • गोबर्धन राना मगर, तनहुँ
  • बजरंग नेपाली, महोत्तरी
  • सुरेश आचार्य, सिन्धुली 
  • नीर शाह, काठमाडौं
  • नन्दकृष्ण जोशी, बझाङ्ग
  • युवराज गिरी, रुपन्देही
  • कन्हैयालाल केशरी, पर्सा
  • जितेन्द्र यादव, रौतहट
  • विमल ठकुरी, काठमाडौं
  • हेमन्त कर्माचार्य, बांके
  • गोविन्द कोइराला, सुर्खेत
  • विजय सम्वाहाम्फे लिम्बू, तेह्रथुम
  • अञ्जनी झा, महोत्तरी
  • समीरजंग शाह, जाजरकोट
  • गोपाल झा, महोत्तरी
  • मीनबहादुर भाम, मुगु
  • विष्णुमणि घिमिरे, सर्लाही
  • सन्तोष चौधरी थारु, सिरहा
  • प्रफुल्ल घिमिरे, धनुषा
  • अञ्जना अर्याल, नुवाकोट
  • दिपेश विष्ट, काठमाडौं
  • सञ्जय महतो थारु, चितवन
  • राजकाजी गुरुङ, कास्की
  • रामचन्द्र घिमिरे, काठमाडौं
  • मधुकर खनाल, काभ्रे
  • गोविन्द परियार, कास्की
  • विमलचन्द्र विष्ट, ललितपुर
  • दिनेश थापा मगर, सिन्धुपाल्चोक
  • विमल सुवेदी, विदेश क्षेत्र, मध्यपूर्व, कतार
  • नारायण सुवेदी, विदेश क्षेत्र, एसिया प्यासिफिक, जापान
  • चिजकुमार तामाङ, विदेश क्षेत्र, यूरोप, पोर्चुगल
  • देशराज संयोक लिम्बू विदेश क्षेत्र, अमेरिका
  • बीरेन्द्र बिजुक्छे, कास्की
  • बसन्त रोकाय, हुम्ला
  • विपेन्द्र गौतम, पाँचथर
  • सुसन बैद्य, काठमाडौं
  • रोहित विश्वकर्मा, भोजपुर
  • कल्प पौडेल, पाल्पा
  • देवेन्द्र गौतम, झापा
  • मोहमद वजीह अर्सद, कपिलवस्तु
  • तेजशंकर भट्ट, कैलाली
  • राधा क्षेत्री, पर्वत
  • टेकराज अवस्थी, डोटी
  • अनिता शर्मा, पश्चिम नवलपरासी
  • भेषबहादुर थापा, दैलेख
  • रमेश जोशी, डडेल्धुरा
  • सागर श्रेष्ठ, सिन्धुपाल्चोक
  • विकल राई, खोटाङ

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४