Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बाग्लुङमा बाढीको वितण्डा: ११ जनाको शव भेटियो, कम्तिमा २३ वटा घर बगे !


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, भाद्र १८ २०७७
  • 5.6K
    SHARES

बाग्लुङमा बाढीको वितण्डा: ११ जनाको शव भेटियो, कम्तिमा २३ वटा घर बगे !

जन न्युज नेपाल खवर प्रतिनिधि बाग्लुंग

बाग्लुङ । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाको सुकुर्दुङ खोलामा आएको बाढीले बगाएका ११ जनाको शव भेटिएको छ ।

प्रहरीका अनुसार हालसम्म अहिलेसम्म ७ जना पुरुष र ४ जना महिलाको शव भेटिएको छ ।

दुई महिलाको शव संगै रहेको गुल्मी जिल्लाको मुसीकोटमा भेटिएको हो ।

अझै धेरै जना बेपत्ता रहेको घटनास्थलबाट प्रहरी इन्सपेक्टर प्रकाशसिंह भण्डारीले हामीलाई जानकारी दिनुभयो ।

बाढीमा कम्तिमा २३ वटा घर बगाएको छ । सुकुर्दुङ खोलाको बाढीले बोबाङ, सुर्कुदुङ र शेरावाङ गाउँका घर बगाएको हो ।

बाढीले क्षति गरेको क्षेत्र ठूलो भएकाले अझै जनधन र भौतिक क्षति भएको हुन सक्ने उहाँले बताउनुभयो ।

बाढीले एक स्वास्थ्य चौकी, एक विद्यालय, एउटा झोलुङ्गे पुल बगाएको छ ।

साथै बाढीले त्यहाँको सडक र दर्जनौ सवारी साधन पनि बगाएको उहाँले बताउनुभयो । घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

#जन न्युज नेपाल खवर प्रतिनिधि बाग्लुङ#ढोरपाटन नगरपालिका#बाग्लुङ बितण्डा शव भेटियो#

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४