सरकार जनताको चुल्हो बाल्न नदिने खेलमा कसरी बल्छ जनताको चुल्हो ? यस्तो महामारी पनि पेट्रोल डिजेल लगाएतमा मूल्य वृद्धि ने. बि. संघ !
जन न्युज नेपाल खवर प्रतिनिधि काठमाडौँ!
काठमाडौँ/प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ “नेविसंघ”ले नेपाल आयल निगमले पछिल्लोपटक पेट्रोलियम पदार्थमा गरेको मुल्य वृद्धिको विरोध गरेको छ ।
संघका महामन्त्री बलदेव तिमल्सिनाले कोरोना महामारीले निम्त्याएको महासंकटका बेला जनतालाई राहत दिनुपर्नेमा मूल्य वृद्धि गराएर आहात थपेकोमा खेद प्रकट गरेका छन् । उनले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरी तत्काल मूल्य घटाउन माग गरेका छन् । “पेट्रोलियम पदार्थमा मुल्य वृद्धि हुँदा नुन देखी सुनसम्मको मुल्य बढ्छ तिमल्सिनाले भने यो सरकार जनउत्तरदायी देखिएन । यस्तो जर्जर परिस्थितिमा मुल्य बढाउनु भनेको जनतामाथि अपराध गर्नु हो । निषेधाज्ञा तोड्दै हामिलाई आन्दोलनमा उत्रन बाध्य नपारियोस । उनले भने सरकारले जनतालाई आघात पर्ने काम गर्छ भने हामी बाध्य भएर आन्दोलनमा उत्रिन्छौ । अहिलेको जटिल परिस्थिमा जनतालाई राहात दिएर बचाउनु पर्ने बेलामा उल्टै जनताको रोजीरोटीमा बाधा पुग्ने गरेर पेट्रोलियम पदार्थ लगाएतमा मूल्य वृद्धि गरेर जनतालाई भार थप्नु भनेको जघन्य अपराध हो । तत्कालै यो निर्णय फिर्ता हुन् जरुरि छ ।
निगमले भाद्र १६ गते राती १२ बजेदेखि लागू हुने गरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको हो । जस अनुसार साबिकको खुद्रा मुल्यमा रु दुई थपिएको निगमद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
