Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

वीर अस्पतालका डाक्टर, नर्स र स्वास्थ्य कर्मचारीमा भटाभट कोरोना संक्रमण  !


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, भाद्र १७ २०७७
  • 6.3K
    SHARES

वीर अस्पतालका डाक्टर, नर्स र स्वास्थ्य कर्मचारीमा भटाभट कोरोना

संक्रमण  !

जन न्युज नेपाल खवर प्रतिनिधि काठमाडौँ !

सुरक्षा र उपचारको उचित बन्दोबस्त नहुँदा वीर अस्पताल आफैँ कोरोना स‌ंक्रमणको इपिसेन्टर बन्दै

गरिबहरुले सस्तो र सहज रुपमा उपचार पाउने लामो इतिहास भएकै कारण वीर अस्पताल गरिबहरुको अस्पतालको रुपमा पनि चीर परिचित छ । तर यही अस्पताललाई पनि सरकारले कोभिड अस्पतालको रुपमा समेत परिणत गरेपछि उक्त अस्पताल कोरोना संक्रमणको इपिसेन्टर बन्ने खतरा बढेर गएको छ । कोरोना उपचारको लागि आवश्यक पूर्व तयारी नगरिकनै तथा स्रोत र साधनहरु नजुटाइकनै वीर अस्पताललाई कोरोना अस्पताल बनाइएपछि र धमाधम कोरोनाका विरामीहरु भर्ना गर्न थालिएपछि अहिले वीर अस्पतालका डाक्टर नर्स तथा स्वास्थ्यकर्मीहरु भटाभट संक्रमित हुन थालेका छन् । पछिल्लो जानकारीअनुसार, वीर अस्पतालमा डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीहरु गरेर एकैचोटि ७१ जनामा आजैमात्रै कोरोना पोजेटिभ पाइएको छ । सोही कारण वीर अस्पतालको ओपीडी भोलि र पर्सि बन्द हुने भएको छ ।

यसअघि नै वीर अस्पतालका केही डाक्टर तथा कर्मचारीहरुमा कोरोना संक्रमण देखिइसकेको छ । ल्याबका कर्मचारीमा समेत कोरोनापोजेटिभ देखिएको कारण ल्याब नै सील गरिएको अवस्था छ ।


गरिबहरुले सस्तो र सहज रुपमा उपचार पाउने लामो इतिहास भएकै कारण वीर अस्पताल गरिबहरुको अस्पतालको रुपमा पनि चीर परिचित छ । तर यही अस्पताललाई पनि सरकारले कोभिड अस्पतालको रुपमा समेत परिणत गरेपछि उक्त अस्पताल कोरोना संक्रमणको इपिसेन्टर बन्ने खतरा बढेर गएको छ ।

कोरोना उपचारको लागि आवश्यक पूर्व तयारी नगरिकनै तथा स्रोत र साधनहरु नजुटाइकनै वीर अस्पताललाई कोरोना अस्पताल बनाइएपछि र धमाधम कोरोनाका विरामीहरु भर्ना गर्न थालिएपछि अहिले वीर अस्पतालका डाक्टर नर्स तथा स्वास्थ्यकर्मीहरु भटाभट संक्रमित हुन थालेका छन् । पछिल्लो जानकारीअनुसार, वीर अस्पतालमा डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीहरु गरेर एकैचोटि ७१ जनामा आजैमात्रै कोरोना पोजेटिभ पाइएको छ । सोही कारण वीर अस्पतालको ओपीडी भोलि र पर्सि बन्द हुने भएको छ ।

यसअघि नै वीर अस्पतालका केही डाक्टर तथा कर्मचारीहरुमा कोरोना संक्रमण देखिइसकेको छ । ल्याबका कर्मचारीमा समेत कोरोनापोजेटिभ देखिएको कारण ल्याब नै सील गरिएको अवस्था छ ।

वीर अस्पतालको इमर्जेन्सी कक्षमा कोरोनाका लागि आइसोलेसनका नाममा ५ वटा वेड छुट्याएको छ । तर सो छुट्याइएको बेड पनि सुरक्षित नभएको कारण सोही ठाउँबाट समेत संक्रमण सर्ने खतरा छ ।

हामीलाई प्राप्त जानकारी अनुसार, वीर अस्पतालमा कोभिड र ननकोभिड दुवैथरिका विरामीहरुलाई छ्यासमिस पारेर राखिएका छन् । अहिले पनि युरो सर्जिकल वार्डमा भर्ना गरिएका १४ जना विरामीहरुमध्ये ५ जना कोरोना संक्रमितलाई सँगै राखिएको बुझिएको छ । त्यसै गरी आइसीयूमा पनि एकजना कोभिड विरामीलाई ननकोभिड विरामीसँगै राखिएको पनि बुझिएको छ ।

यतिखेर सरकारले बौलट्टीपूर्ण ढंगले विभिन्न अस्पतालहरुलाई कोरोना अस्पताल गरेर विरामी भर्ना गर्नुलाई नै पुरुषार्थ ठानेको हो कि भन्ने अनुभूति हुन थालेको छ । यो किन पनि भने सरकारले कोभिड अस्पताल घोषित गरेपछि त्यहाँ गैर कोभिड विरामीहरुमा संक्रमण सर्न नदिनका लागि गर्नैपर्ने जनस्वास्थ्यका अत्यावश्यक प्रबन्धहरु गर्नेतिर खासै ध्यान दिइरहेको छैन । कतिसम्म भने अहिले वीर अस्पतालमा कोरोनाका विरामीलाई उपचार सेवा प्रदान गरिरहेका डाक्टरहरुबाट नै गैर कोरोनाका विरामीहरुलाई उपचार गराउने खतरनाक काम समेत भइरहेको बुझिएको छ । वीर अस्पतालमा खटिएका नर्सहरुले कोरोनाका विरुद्ध उचित सुरक्षा प्रबन्धको माग गर्दा उनीहरुलाई राजीनामा दिन धम्काइने गरिएको पनि बुझिएको छ ।

यतिखेर वीर अस्पतालमा स्वास्थ्य मन्त्रालयले इमर्जेन्सी कक्षका अच्यूत नाम गरेका डाक्टरलाई फोकल पर्सन तोकेर उनकै समन्वयमा भटाभट कोरोनाका विरामीहरु भर्ना गर्ने काम भइरहेको जानकारी प्राप्त भएको छ । डाक्टर, नर्स तथा स्वास्थ्यकर्मी तथा त्यहाँ उपचार गराउन आउने विरामीहरुको ज्यानमाथि नै खेलवाड हुने गरी विना तयारी र उचित प्रबन्ध गरिएको यो खालको कार्यमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स) का पदाधिकारीहरु तथा वीर अस्पतालका निर्देशक समेत अकर्मण्य र लाचार देखिएका छन् ।

अहिले सुरक्षाको उचित प्रबन्ध र उपचारको आवश्यक तयारीबिना वीर अस्पताललाई कोभिड अस्पताल बनाएपछि उक्त अस्पताल नै कोभिडको केन्द्रबिन्दू बन्दै गएको छ । यसका विरुद्ध त्यहाँ कार्यरत डाक्टरहरुको विभिन्न संगठन तथा कर्मचारी युनियनहरुले पटक पटक नाम्सका पदाधिकारीहरु तथा वीर अस्पतालका निर्देशकलाई लिखित तथा मौखिक अल्टिमेटम दिइसकेका छन् । तर अहिले पनि त्यसमाथि कुनै सुनुवाइ भएको छैन । आफूहरुले उठाएका जायज मागको सुनुवाइ नभएमा वीरगञ्जका चिकित्सकहरुले सामुहिक राजीनामा दिएको जस्तो स्थिति आउने सक्ने चेतावनी डाक्टरका संगठनहरुले उपकूलपतिलाई दिइसकेको बुझिएको छ भने स्थितिमा सुधार नभए नाम्स तथा वीर अस्पतालका जिम्मेवार पदाधिकारीहरु विरुद्ध नै आन्दोलन गर्ने तयारी समेत भइरहेको बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४