Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भर्चुअल राष्ट्रिय खुला तेक्वान्दोमा मुलपानी टिम च्याम्पियन !


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, भाद्र १६ २०७७
  • 7.8K
    SHARES

भर्चुअल राष्ट्रिय खुला तेक्वान्दोमा मुलपानी टिम च्याम्पियन !

 

जन न्युज नेपाल खवर नमुना दहाल कार्की काठमाडौँ !

काठमाडौं जिल्ला तेक्वान्दो संघद्वारा आयोजित प्रतियोगितिामा १ स्वर्ण, २ रजत र १ कांस्यसहित चितवन दोश्रो भयो। समान १–१ स्वर्ण, रजत र कांस्य जितेको कैलालीले तेश्रो स्थानमा चित्त बुझायो।

प्रतियोगितामा जम्मा ११ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो। स्युचाटार, सैनिक महाविद्यालय, विजेश्वरी, नेपाल प्रहरी, नेपाली सेना र रुपन्देहीले १–१ स्वर्ण हात पारे।

प्रतियोगिताको दोश्रो तथा अन्तिम दिन ५ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो। यु–१८ पुरुष एकलमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) का कांस्य विजेता अस्मिन राउतले स्वर्ण जिते।

स्युचाटारका अस्मिनले ६.५३ अंक जोडे। चितवनका अब्बास खान (५.९६) ले रजत तथा चितवनकै सागर बराल (५.८३) र कैलालीका लक्ष्मण श्रेष्ठ (५.६३) ले कांस्य जिते। उक्त पर्तीस्पर्धाको महिलामा सैनिककी रोशनी श्रेष्ठ सर्वाधिक ६.५० अंकसाथ पहिलो भइन्। चितवनकी जैनब खातुन (६.२०) दोश्रो तथा मुलपानीकी अस्मिता नगरकोटी (६.१३) र सुनसरीकी सुदेशना गुरुङ (५.७६) तेश्रो भए।

 यु–३१ पुरुष एकलमा प्रेमबहादुर लिम्बू शीर्ष स्थानमा रहे। १३ औं सागका कांस्यधारी प्रहरीका उनले ६.७३ अंक हासिल गरे। सेनाका दीपेन्द्र गुरुङ ६.५० अंकसाथ दोश्रो भए। दीपेन्द्र पनि १३ औं सागका कांस्य विजेता हुन्। मुलपानीका पुष्पप्रसाद गौतम (६.२०) तथा दोलखाका नोर्बु मोक्तान (५.९६) संयुक्त रुपमा तेश्रो स्थानमा रहे।

सोही स्पर्धाको महिलामा १३ औं सागका स्वर्ण विजेताद्वय निता गुरुङ र सन्जिला तिम्सिनाबीच कडा प्रतिस्पर्धा भएको थियो। त्यसमा सेनाकी निताले बाजी मारिन्। ६.७० अंकसाथ निताले स्वर्ण चुमिन् भने स्युचाटारकी सन्जिला ६.५६ अंकसाथ रजतमा सीमित भइन्। मुलपानीकी चन्दु शाही (६.१६) तथा दाङकी सुनिता विष्ट (५.४३) तेश्रो बने।

पुरुष ४१ वर्षमाथि मुलपानीका मधुसुदन सापकोटाले स्वर्ण जिते । उनले ५.९० अंक प्राप्त गरे । ट्राभल व्यवसायी ४२ वर्षीय मधुसुदनले करिब ३ वर्षअघि मात्र तेक्वान्दो खेल्न सुरु गरेका हुन्।

कैलालीका आशिष चन्द (५.६०) दोश्रो तथा रुपन्देहीका विकास उदय (५.४६) र गैरीगाउँका सोभितमान गिरी (५.४६) तेश्रो भए। यो स्पर्धाको महिलामा कसैले पनि नाम दर्ता नगराएपछि स्पर्धालाई हटाइएको आयोजक संघका अध्यक्ष अशोक खड्काले जनाएका छन्।

 दुईदिने प्रतियोगितामा १९ टिमका १ सय ७० खेलाडीको सहभागिता रहेको थियो। प्रतियोगितामा अध्यक्ष खड्कासहित मिन न्यौपाने, हीराबहादुर थापा, नोर्बु लामा र विक्रम खड्गीले निर्णायकको भूमिका निर्वाह गरेका थिए।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४