Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आज फेरी चितवनका थप ३५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७०० बढी !


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, भाद्र १६ २०७७
  • 2.8K
    SHARES

आज फेरी चितवनका थप ३५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७०० बढी !

 

जन न्युज नेपाल खवर प्रतिनिधि चितवन !

 

चितवनका थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशाला र धुलिखेलस्थित प्रयोगशालाबाट सोमबार राति प्राप्त रिपोर्टमा थप ३५ जनामा कोरोना पोजेटिभ देखिएको छ।

उनीहरुमध्ये ३१ जना भरतपुर महानगरपालिका भित्रका छन्।

भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालाका प्रमुख डा.नितु अधिकारीकाअनुसार यहाँ गरिएको परीक्षणमा चितवनका १५ र अन्य जिल्लाका पाँच जना गरी २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

 

चितवनका नयाँ संक्रमितहरू १८ देखि ६५ वर्ष उमेर समूहका छन्। भरतपुर अस्पताल र पुष्पाञ्जलीबाट उनीहरुको स्वाब संकलन गरिएको हो।

यस्तै पूर्वीचितवनको राप्ती नगरपालिकामा तीन जना थपिएका छन्।

राप्ती–८ र ९ का २६ वर्षीय पुरुष र २५ वर्षीया दुई जना महिलामा संक्रमण पुष्टि भएको हो। उनीहरूको राप्तीको क्वारेन्टिन र भरतपुर अस्पतालबाट स्वाब संकलन गरिएको हो।

त्यस्तै रत्ननगर नगरपालिका–१० का २९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ। उनको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट स्वाब संकलन गरिएको हो।

 

त्यसैगरि नवलपरासी, कैलाली, पर्सा, अछाम र रौतहटका एक/एक जनामा संक्रमण पुष्टि भएको छ।

उनीहरु सबैको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट स्वाब संकलन गरिएको हो।

त्यस्तै, धुलिखेल परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा भरतपुर महानगरपालिकाका २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

भरतपुरका ५ पुरुष र १५ महिला गरी २० जनामा संक्रमण पुष्टि भएको हो।

चितवनमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ७ सय नाघेको छ। अहिलेसम्म कोरोना संक्रमितहरू ६ जनाको उपचारको क्रममा मृत्यु भइसकेको छ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४