Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कार्गो उडानबाट मात्र एक महिनामा साढे ११ अर्बको वैदेशिक व्यापार


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, भाद्र ९ २०७७
  • 12.8K
    SHARES

कार्गो उडानबाट मात्र एक महिनामा साढे ११ अर्बको वैदेशिक व्यापार

 

जन न्युज नेपाल खवर नमुना दहाल कार्की

 

काठमाडौं । अहिले हवाई यातायात बन्द छ । तर चार्टर्ड उडानका लागि भने अनुमति मिल्छ । सोही क्रममा दैनिक जसो कार्गो उडान भइरहेका छन् । एकातर्फ मेडिकल सामग्रीको आपूर्ति र अर्कोतर्फ सडक यातायातमा भएको अवरोधका बीच व्यापारीहरुले हवाईमार्गबाट पर्याप्त मात्रामा वैदेशिक व्यापार गरेको छ ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७७/७८ को साउन महिनामा त्रिभुवन विमानस्थल स्थित भन्सार कार्यालयबाट मात्र कुल ११ अर्ब ३६ करोड ४७ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ ।

त्यसमध्ये आयात ८ अर्ब ९७ करोड ८५ लाख रुपैयाँको भएको छ । यो कुल आयातको १०.४६ प्रतिशत हिस्सा हो । अर्थात् एक महिनामा १०० रुपैयाँ बराबरको सामान नेपाल भित्रँदा १० रुपैयाँ बराबरको सामान जहाज चढेर आएको छ । उता कुल निर्यातको २४.८० प्रतिशत निर्यात व्यापार त्रिभुवन विमानस्थल बाट भएको छ । यो प्रवृत्ति भने अघिल्लो वर्षहरुमा समेत देखिने गरेको छ । किनकी खासगरी तेस्रो मुलुकमा नेपालबाट जाने अधिकांश सामान जहाजमार्फत लैजाने गरिन्छ ।

वैदेशिक व्यापारमा सबैभन्दा व्यस्त भन्सार भने वीरगन्ज हो । खासगरी यहाँबाट पेट्रोलियम पदार्थको आपूर्ति बढी हुने गरेको छ । जसले गर्दा कुल वैदेशिक व्यापारमा वीरगन्ज नाकाको ठूलो हिस्सा देखिन्छ ।

भन्सार विभागको तथ्यांकअनुसार वीरगन्जबाट कुल आयातको २७.५५ प्रतिशत व्यापार भएको छ । निर्यातको २८.५० प्रतिशत व्यापार यहाँबाट भएको छ । भारततर्फ जाने धेरै सामान यसै भन्सार हुँदै बाहिरिने गरेको छ ।

यसबाहेक विराटनगर, भैरहवा, सुख्खा बन्दरगाह, नेपालगन्जलायत ठूला भन्सार कार्यालयबाट बढी वैदेशिक व्यापार हुने गरेको छ ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४