Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अल्फन्सो डेभिस:शरणार्थी शिविरदेखि च्याम्पियन्स लिग उपाधिसम्मको सफल यात्रा


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, भाद्र ९ २०७७
  • 17.1K
    SHARES

अल्फन्सो डेभिस:शरणार्थी शिविरदेखि च्याम्पियन्स लिग उपाधिसम्मको सफल यात्रा

 

घानाको शरणार्थी शिविरमा सन् २०००मा जन्मिएका अल्फन्सो डेभिसका लागि आइतबार राति जीवनकै अविस्मरणीय क्षण बनेको छ ।

जर्मन बुन्डेसलिगा र कपको उपाधि जितेको वायर्न म्युनिखले आइतबार फ्रेञ्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)लाई १-० ले पराजित गरेर युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेपछि अल्फन्सोले १९ वर्षकै उमेरमा अनुपम सफलता हात पार्न सफल भए।

तर यो सफलताका लागि अल्फन्सो र उनको परिवारले पाएको दु:ख र खेपेको हन्डर कहालीलाग्दो छ।

‘हामी कस्तो परिस्थितिबाट आयौं भन्ने अझै बिर्सिएको छैन। शरणार्थी शिविरमा बस्थ्यौ। खानका लागि केहि थिएन। लगाउन लुगा थिएन। तर आज यहाँसम्म आइपुगेका छौं। मलाई अल्फन्सोप्रति गर्व छ,’ च्याम्पियन्स सन् १९९९ मा लाइबेरियामा दोस्रो गृहयुद्ध चर्कियो। हजारौं मानिसको मृत्य भयो भने लाखौं घरबिहिन बने। लाइबेरियाको राजधानी मोनरोभियामा बस्दै आएका अल्फन्सोका बुबा डेबेह र आमा भिक्टोरिया आफ्नो घर छाड्न बाध्य भए। लाइबेरियाबाट भागेर घानाको बुडुबुरामको शरणार्थी शिविरमा शरण लिए। त्यहीँ अल्फन्सोको जन्म भयो। ६ सन्तान मध्ये अल्फन्सो चौथो सन्तान थिए।

शिरिवको बसाई जेलको भन्दा कम थिएन। कुनै सुरक्षा थिएन। त्यसैले भिक्टोरिया शिविरको जीवनलाई नरकसँग तुलना गर्छिन्।

अल्फन्सो पाँच वर्ष हुँदा शरणार्थी स्थानन्तरण कार्यक्रमअनुसार उनको परिवार क्यानडाको एडमन्टनमा सर्‍यो। त्यसपछि एमन्टन क्याथोलिक स्कुल ड्रिस्ट्रिकमा भर्ना भएका अल्फन्सो सुरुमै फुटबलतर्फ आकर्षित भएका थिए। त्यतिबेला उनको फुटबल त राम्रो थियो तर समस्या इंग्लिस बोल्नमा थियो।

लिगको फाइनलअघि अल्फन्सोकी आमा भिक्टोरियाले भनेकी थिइन्। क्यानडाको सुविधामा हुर्केपछि अल्फन्सोले फुटबलमा पनि निखारता ल्याउँदै गए। उनले सुरुमा अन्तरस्कुल लिगमा भाग लिए। त्यतिबेला उनीसँग दर्ता शुल्क तिर्ने पैसा हुँदैन थियो। फुटबल किट किन्न कुरा त परै जाओस्। उनी बस चढ्ने भाडा नहुँदा घन्टौ हिड्थे।

सन् २०१५ मा १४ वर्षको उमेरमा उनी ह्वाइटक्याप एफसीमा आबद्ध हुन सफल भए। त्यसअघि उनले एडमन्टन इन्टरनेसल्स र एडमन्टन स्ट्राइकर्सबाट खेलिसकेका थिए।

त्यतिबेलासम्म पनि अल्फन्सोको परिवार दु:खकै थियो। ६ जना बालबच्चालाई पाल्नु पर्दा उनका आमाबुबाले अल्फन्सोलाई पर्याप्त ध्यान दिन सक्दैन थिए। त्यसैले क्यानडामा अल्फन्सोले गरिबी र करिअरविरुद्धको लडाइँ एक्लै लड्नु परेको उनका बुबा सम्झन्छन्।

ह्वाइटक्यापमा आबद्ध भएपछि उनले थप फुटबल सिक्ने मौका पाए। ह्वाइटक्याप क्यानडनाको व्यावसायिक फुटबल टिम हो। एक वर्षपछि उनले ह्वाइटक्याप एफसीको सेकेन्ड टिमबाट खेल्ने मौका पाए। ह्वाइटक्पाप एफसी अमेरिकाको मेजर सकर लिगको खेल्ने टिम भ्यानकुभर ह्वाइटक्याप एफसीको रिजर्भ टिम हो। उनले सेकेन्ड टिमबाट सन् २०१६ मा ११ खेल खेल्दा २ गोल गर्न सफल भए।

त्यहि वर्ष उनी अमेरिकी लिग खेल्नका लागि भ्यानकुभरमा आबद्ध हुन सफल भए। १५ वर्षको उमेरमा भ्यानकुभरमा आबद्ध भएपछि उनी त्यतिबेलाको टिमहरुमा आबद्ध हुने सबैभन्दा कान्छा खेलाडी बनेका थिए।

उनले सन् २०१६ जुलाई १६ मा मेजर सकर लिगमा डेब्यू गर्दै अर्को इतिहास बनाए। उनी मेजर सकर लिगमा डेब्यू गर्ने दोस्रा कान्छा खेलाडी बनेका थिए। त्यहि वर्षको सेप्टेम्बरमा उनले उत्तर अमेरिकाको क्लब च्याम्पियनसिपमा स्पोर्टिङ कान्सास सिटीविरुद्ध गोल गरेर सबैको ध्यान खिँचे।

अमेरिकी फुटबलमा चर्चा बटुलेपछि अल्फन्सोलाई भित्र्याउन युरोपियन क्लबहरूले चासो देखाए। इंग्लिस क्लबहरू म्यानचेस्टर युनाइटेड, लिभरपुल, चेल्सीले उनलाई भित्र्याउन कसरत गरेका थिए। किनकी उनी सन् २०१७ मा विश्वका उत्कृष्ट ६० युवा फुटबलरको सूचीमा समावेश भएका थिए।

सन् २०१८ सम्म अमेरिकी मेजर सकर लिगमा उनले ६५ खेल खेल्दै ८ गोल गरे इंग्लिस क्लबले आँखा लगाए पनि अल्फन्सोलाई जर्मन महारथी वायर्न म्युनिखले भित्र्याउन सफल भयो। उनी १३.५ मिलियन अमेरिकी डलरमा सन् २०१८ जुलाई २५ मा वायर्नमा सन् २०२३ सम्मका लागि आबद्ध भए।

त्यतिबेलासम्म उनले क्यानडाको नागरिकता प्राप्त गरिसकेका थिए। उनलाई क्यानडाले जुन ६ २०१७ मा क्यानडाको नागरिकता दिएको थियो। त्यसअघि उनले लाइबेरियनको परिचयमा फुटबल खेलेका थिए। लाइबेरियन आमाबुबाबाट घानामा जन्मिएकाले उनले लाइबेरिया र घानाबाट पनि फुटबल खेल्न सक्थे। तर उनले क्यानडालाई रोजे।

उनले क्यानडाको यु१७ र यु२० टिमबाट खेलेका थिए। नागरिकता पाएकै वर्ष उनी क्यानडाको राष्ट्रिय फुटबल टिममा समेत परे। जससँगै उनी क्यानडाको राष्ट्रिय टिममा पर्ने सबैभन्दा कान्छा खेलाडी बने। अल्फन्सोले २०१७ मा कोकाकाफ गोल्ड कपमा फ्रेन्च गुयनाविरुद्ध गोल गर्दै क्यानडाका लागि अन्तर्राष्ट्रिय गोल गर्ने सबैभन्दा कान्छा खेलाडीको रेकर्ड बनाए। यस्तै उनी अन्तर्राष्ट्रिय प्रतियोगितामा सन् २००० पछि जन्मेका खेलाडी मध्ये गोल गर्ने एक्ला खेलाडी बने।

सन् २०१९ देखि जर्मन बुन्डेस लिगामा खेल्न थालेपछि अल्फन्सो झन् चर्चित बने। उनले वायर्नका लागि ३५ खेल खेलर ४ गोल गरेका छन् भने क्यानडाका लागि १७ खेलमा ५ गोल गर्न सफल भएका छन्।

सिजन २०१९-२० मा उनले युनियन बर्लिनविरुद्धको खेलबाट बुन्डेस लिगामा डेब्यू गरेका थिए। जुन खेलमा वायर्न २-१ ले विजयी भयो। च्याम्पियन्स लिगमा उनले ओलम्पियाकोसविरुद्ध डेब्यू गरे। त्यतिबेला अल्फन्सोले सबैलाई प्रभावित पारे। उनलाई डेबिड अलाबाले लेफ्ट ब्याकमा खेल्न दिएर आफू सेन्टर ब्याकमा सरेका थिए।

उनले चेल्सीविरुद्धको च्याम्पियन्स लिगको खेलमा रोबर्ट लेवान्डोवस्कीलाई गोल गर्न पास दिएका थिए। त्यसपछि उनी विश्वभरको मिडियामा छाए। कतिपयले विश्वकै उत्कृष्ट लेफ्ट ब्याकको संज्ञा दिए। सिजनमा प्रभावित खेल देखाएपछि वायर्नले उनीसँगको सम्झौता २०२५ का लागि बढायो।

कोरोना भाइरसपछि अल्फन्सोले वायर्नको पहिलो रोजाइमा मौका पाए। जसका कारण उनले खेलका दौरान कुद्ने गतिमा बोरुसिया डर्टमुन्डका इर्लिङ हाल्यान्डलाई पछि पारे।

च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा वायर्नले बार्सिलोनालाई ८-२ ले हराउदा उनले जोसाउ किमिचलाई गोल गर्न पास दिए। आइतबार पिएसजीविरुद्धको फाइनलमा पहिलो रोजाइमा उत्रिएका अल्फन्सो च्याम्पियन्स लिग जित्ने पहिलो क्यानेडियन फुटबलर बने।

मिहिनेत, परिश्रम र तपस्याका कारण सानै उमेरमा खारिएका अल्फन्सो आफ्नो सफलताको श्रेय आमाबुबालाई दिन्छन्।

‘मेरो लागि बुबाआमाले जे गर्नु भयो त्यसका लागि धन्य छु,’ अल्फन्सो भन्छन्,’आमाबुबाले आफ्ना सन्तानलाई कठिन परिस्थितिमा पनि सुरक्षीत वातावारणमा ल्याउनु भयो। सुरक्षीत देशमा ल्याउन भयो। हाम्रा लागि जे जे गर्नु भयो म धेरै खुसी छु।’

-एजेन्सीहरूको सहयोगमा

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४