रसियाले बनायो अर्को कोरोना विरूद्ध भ्याक्सिन
जन न्युज नेपाल खबर प्रतिनिधि
कोरोन भाइरसका करण आहिलएे बिश्वो नै आतन्कित भाईरहेको बेला रसियाले कोरोना भाइरस विरूद्ध दोश्रो भ्याक्सिन पनि विकास गरेको दाबी गरेको छ । रसियाले नै अगस्ट १२ तारिखमा विश्वमै पहिलो कोरोना भाइरस विरूद्धको भ्याक्सिन दर्ता गराएको हो । तर, सो भ्याक्सिनलाई लिएर वैज्ञानिकहरू सशंकित भइरहेकै बेला रसियाले गृह मन्त्रालय तथा ग्यामेला साइन्टिफिक इन्स्टिच्युटको सहकार्यमा कोरोना विरूद्धको अर्को भ्याक्सिन पनि विकास गरेको दाबी गरेको हो । अहिले रसियाले विकास गरेको भ्याक्सिनलाई ‘इपिभ्याक्कोरोना’ नाम दिइएको छ। भ्याक्सिनको परीक्षणमा सहभागीहरूलाई कुनै साइड इफेक्ट नदेखिएको रिपोर्ट समेत सार्वजनिक भएको छ ।
यो भ्याक्सिनले रोग प्रतिरोधात्मक क्षमता उच्च दरले बढाउने बताइएको छ ।