Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

टिकटकबाट हिट भएको ‘सोचे झैं जिन्दगी रैनछ’


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, भाद्र ६ २०७७
  • 11.3K
    SHARES

 

टिकटकबाट हिट भएको ‘सोचे झैं जिन्दगी रैनछ‘

गायकद्वय खेम सेन्चुरी र मधु क्षेत्री।

टाउको अलिकति निहुराएर एउटा हात निधारमा राख्दै, कम्मर अलिकति ब‌ंगाएर अर्को हात हल्लाउँदै गरेका भिडिओ आजकाल टिकटकमा खुबै देखिन्छन्। 

नजाऊ,माया,गाजलु,लाएर,पुछिदेला,पसिना,आएर सोचे झैं जिन्दगी रैनछ, सोचे झैं जिन्दगी रैनछ.

 तीज छेको पारेर सार्वजनिक यो गीतमा नाच्दै टिकटक भिडिओ बनाउन ‘खुट्टा उचाल्नेहरू‘ बढिरहेका छन्।

लोक गायक खेम सेन्चुरी र मधु क्षेत्रीको स्वरमा रहेको ‘काइँयो र ऐना‘ बोलको तीज गीतको अंश हो यो। यही गीतको अर्को पंक्ति पनि उत्तिकै चलिरहेको छ-

चोली,पनि,भो,छोटो,छोटो,कस्तोआउँछ,खै,कुन्नि,फोटो सोचे झैं जिन्दगी रैनछ, सोचे झैं जिन्दगी रैनछ

 गीतमा नेत्र अर्यालको शब्द छ। संगीत गायक खेमले नै भरेका हुन्। भिडिओ प्रकाश भट्टको निर्देशन र कोरियोग्राफीमा तयार भएको हो।

तीज केन्द्रित यो गीत झ्याउरे भाकामा छ। लोक शैलीलाई समकालीन संगीतमा ‘फ्युजन‘ गरिएको गीत चल्नुमा म्युजिक भिडिओका ‘स्टेप्स‘ को पनि उत्तिकै भूमिका रहेको खेम बताउँछन्।

खेमका अनुसार गीत सार्वजनिक भएको झन्डै दुई सातासम्म पनि आम स्रोतामा पुगेकै थिएन। एकाएक यसको भिडिओ टिकटकमा अपलोड हुन थालेपछि टिकटक प्रयोगकर्ताले यो गीतमा आफ्ना भिडिओहरू बनाउन थाले। अनि गीतका,अलग-अलग,अंश‘भाइरल‘हुन,बेर,लागेन।

‘कुनै पनि सफलताको भागिदार पूरै टोली हुन्छ। शब्द, स्वर, संगीतदेखि भिडिओ निर्देशन कसले गरेको छ भन्ने हुन्छ। यो गीतले सफलता पाउनुमा निर्देशकदेखि संगीतकार, डान्सर, अन्य सहकर्मी साथी लगायत पूरै टोलीको हात छ,’ खेम भन्छन्, ‘तर टिकटकमा भिडिओको स्टेप्स धेरै रुचाउनु भएको देखिन्छ। त्यसैले यसमा भएका नाचका स्टेप्स खास छ कि भन्ने हो।‘

 काठमाडौंकै धर्मस्थली गाउँमा छायांकन भएको भिडिओ ‘सोचे झैं जिन्दगी रैनछ‘ करिब ३० जनाको सहकार्यमा तयार भएको खेम बताउँछन्। भिडिओमा अञ्जली अधिकारी, ओबी रायमाझी, लोमस शर्मा र रुबिना अधिकारीको मुख्य नृत्य छ भने उनीहरूसँगै अन्य २० कलाकारले प्रस्तुति दिएका छन्।

केही समय अघिसम्म तीज गीतमा महिलाको पीडा र वेदना भरिएका शब्द बढी हुन्थे। रमाइला तीज गीत पनि प्रायः महिलाले नै गाउँथे। खेमले त्यो समय पनि देखेका छन्। विशेष चाडपर्वको अवसर पारेर गीत निकाल्ने उनी समयसँगै गीत-संगीतप्रति मान्छेको चासो फेरिएको अनुभव गर्छन्।

‘एउटा समयसम्म तीज गीतमा महिलाको मात्रै स्वर हुन्थ्यो। घरपरिवारले गरेको व्यवहार माइतीलाई पोख्ने माध्यम थियो तीज गीत,’ उनी भन्छन्, ‘तर अहिले समाज बदलिएको छ। तीज गीत बनाउने तरिका र त्यसले समेट्ने विषय फराकिलो बन्दैछ। तीज गीत रमाइलोका लागि गाउन थालिएकाले महिला, पुरुष दुवै मिली रमाइलो गर्न थालिएको छ।‘

झन्डै १३ वर्ष सांगीतिक क्षेत्रमा बिताएका खेम गायक, संगीतकार र गीतकारका रूपमा सक्रिय छन्। उनले कयौं पटक गीत लेख्दा थेगोहरू आफूले बनाएर अरूलाई शब्द पूरा गर्न लगाएका रहेछन्।

गीतको भिडिओ अरूले बनाए पनि उनी आफ्नो सल्लाह-सुझाव दिने बताउँछन्। हालसम्म झन्डै आठ सय गीतमा काम गरिसकेको बताउने उनी थुप्रै भिडिओमा नाचेका छन्। ‘सोचे झैं जिन्दगी रैनछ‘ को भिडिओमा उनलाई गायककै रूपमा देख्न पाइन्छ।

पहिलो एल्बम २०६६ सालतिर निकालेका उनले यस वर्ष मात्रै १४ वटा गीत निकाले।

‘लरी लरी लै, रुन्छु बरी लै‘, ‘मायालु आजैलाई‘, ‘कामी दाइको छोरो‘, ‘आधी बाटो‘ लगायत यसै वर्ष सार्वजनिक केही चर्चित गीत हुन् जसमा खेमले स्वर दिएका छन्।

खेमको सांगीतिक जीवन स्कुले जीवनदेखि नै सुरू भएको हो। पुर्ख्यौली घर बुटवल भएका उनी विद्यालयमा हुने हरेक सांस्कृतिक कार्यक्रममा गाउँथे। सानैदेखि नै आफूलाई धेरैले राम्रो गाउँछौ भनेर प्रशंसा गरेको उनी सुनाउँछन्।

भन्छन्, ‘वरपरका मानिसले दिने प्रशंसा नै संगीतमा लागिरहने प्रेरणा बन्यो।‘

लोक, दोहोरी तथा आधुनिक गायनमा रूचि राख्ने खेमले काठमाडौं आएर केही समय ‘दोहोरी साँझ‘ मा काम गरे। त्यहीँबाट बिस्तारै उनलाई ‘स्टेज पफर्मेन्स‘ का लागि प्रस्ताव आउन थाल्यो।

एक दशक बढी यसै क्षेत्रमा घुलमिल खेमलाई ‘यो वर्ष निक्कै फापेको हो कि‘ भनेर साथीहरूले भन्छन् रे! कोरोना महामारीको डर एकातिर भए पनि एक कलाकारले खोजेको दर्शकको मायाका कारण खेम खुसी सुनिन्छन्।

‘आफ्नो सबै सिर्जना उत्तिकै उत्कृष्ट लाग्छ। तर यो वर्ष सोचे झैं जिन्दगी रैनछ गीतले दर्शकमाझ राम्रो बजार लियो। धेरैले यो वर्ष मलाई फापेको हो कि भन्नुहुन्छ,’ उनी भन्छन्।

पहिलो चरणको लकडाउन खुकुलो भएसँगै खेम बुटवलदेखि काठमाडौं आए। सधैं गीत-संगीतमै व्यस्त रहने उनलाई बुटवल बस्दा उकुसमुकुस भयो। ‘कहिले नयाँ म्युजिक भिडिओ दर्शकमाझ ल्याउने‘ भन्ने भोक जागेको रहेछ।

काठमाडौं आएलगत्तै गायिका मधु क्षेत्रीसँग तीज गीत बनाउने कुरा अघि बढ्यो। प्रायः म्युजिक भिडिओमा आफैं प्रस्तुति दिएको भए पनि यसमा उनले अरू नै कलाकार राख्ने सोच बनाए। भिडिओ एक दिनमै सुटिङ सकेको पनि उनले जानकारी दिए।

केही वर्षअघि खेमले ‘ठिकै छ राम्रै छ देख्नेलाई, पीडा भाछ काँडामा टेक्नेलाई‘ गीत सार्वजनिक गरेका थिए। ‘सोचे झैं जिन्दगी रैनछ‘ को भाव पनि त्यो गीतसँग मिल्दोजुल्दो छ। 

यसअघिका वर्षमा तीजको माहोल अर्कै हुन्थ्यो। यो वर्ष पहिला जस्तो रमाइलो गर्ने वातावरण छैन। यो गीतको संगीत नाचूँनाचूँ लाग्ने भए पनि शब्दमा नजाँनिदो गरी हामीले भोगिरहेको समयसँग मिल्ने जिन्दगीको अनिश्चितताको कुरा पनि छ।

गीतले भन्छ- 

 खासै राम्रो छैन नि यसपालि, सोचे झैं जीन्दगी रैनछ।

 हाल कोरोना महामारीमा एक वा अर्को तरिकाले हामी सबैले सोचेकोऔभनेको कुरा हो– सोचे झैं जिन्दगी रैनछ।

खेम भन्छन्, ‘सोचे झैं जिन्दगी रैनछ गीत धेरैको जिब्रोमा झुन्डिनुको यो पनि एउटा कारण हो।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४