Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

श्रीमान् श्रीमतीबीच जति झगडा, उति माया गाढा


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, भाद्र ६ २०७७
  • 4.4K
    SHARES

श्रीमान् श्रीमतीबीच जति झगडा, उति माया गाढा

एजेन्सी / हप्तामा कम्तीमा एकपटक झगडा गर्ने श्रीमान्–श्रीमतीको सम्बन्ध स्वस्थ र लामो समयसम्म टिक्ने हालैको एक अध्ययनले निष्कर्ष निकालेको छ । यसमा ४४ प्रतिशत विवाहित जोडीको मान्यता छ ।
वास्तवमा, जो जोडीको शान्तिपूर्ण ढङ्गले लगातार विवाद भइरहन्छ उनीहरु लामो समयसम्म सम्बन्धमा रहने बताइएको छ ।
ब्राइट साइडले राम्रो सम्बन्धका लागि झगडा किन आवश्यक छ भनेर जानकारी दिएको छ ।
१. परिपक्व सम्बन्धको सूचक हो झगडाः

श्रीमान्–श्रीमतीबीच लामो सम्बन्ध चाहनुहुन्छ भने झगडा गर्नबाट नरोकिनुस् । यदि तपाईं विवादका बेला मनको कुरा खोल्नुहुन्छ भने तपाईं आफ्नो सम्बन्धलाई अर्को चरणमा पुर्‍याउन कटिबद्ध हुनुहुन्छ भनेर बुझ्नुपर्छ ।

परिपक्व व्यक्तिले कहिले पनि पार्टनरमाथि हातपात गर्दैनन् न त चिच्याएर गाली नै गर्छन् ।  उनीहरु स्वस्थ तर्कसहित एउटा मध्यमार्ग स्थापित गरेर आफ्नो सम्बन्धलाई सुधार्ने बाटोतिर लाग्छन् ।

२. झगडा गर्नु भनेको तपाईंलाई उहाँको चिन्ता छः

यदि तपाईंलाई आफ्नो पार्टनरको कुनै बानी मनपर्दैन भने त्यसलाई नजरअन्दाज गर्दा नै स्थिती सहज हुने धेरैलाई लाग्ला । तर यदि तपाईं आफ्नो सबै पीडा, दुःख र असहजतालाई झगडामार्फत् राम्रो नतिजा पाउन चाहनुहुन्छ भने यो तपाईंको साँचो मायाको प्रतिबिम्ब हो ।

अर्को शब्दमा भन्ने हो भने झगडा गर्नेहरु प्रतिबद्ध हुन्छन् । एकपटक सम्झनुहोस् त, तपाईं आफ्नो आमाबुवा र दाजुभाइ दिदीबहिनीसँग कति झगडा गर्नुहुन्छ । यही नीति पार्टनरमा पनि लागु हुन्छ । यदि तपाईं पार्टनरसँग झगडा गरिरहनुहुन्छ र कुरा सुल्झाउनुहुन्छ भने तपाईं निकै प्रतिबद्ध हुनुहुन्छ ।

३. झगडाले कुराकानीमा सहजीकरण गर्छः

आफ्नो सम्बन्धमा विश्वास कायम गर्न चाहनुहुन्छ भने तपाईं चुप बस्नुहुँदैन । दिमागलाई खुल्ला राखेर आफ्नो पार्टनरसँग कुराकानी गर्नुहोस् । आफूले गरेका प्रत्येक क्रियाकलापको जिम्मेवारी लिनुहोस् र पार्टनरको भनाई के हो, राम्रोसँग सुन्नुहोस् ।

संवादका धेरै प्रकारमध्ये विवाद पनि एक हो र विवाद निकै इमान्दारसमेत हुन्छ । यसले पार्टनरबीच अपनत्व र विश्वास स्थापित गर्न सहयोग गर्छ ।

४. झगडा भनेको स्वस्थ सम्बन्धको संकेत होः

मनोवैज्ञानिकका अनुसार स्वस्थ सम्बन्धका सात मुख्य कारक तत्व छन् र यीमध्ये बहस पनि एक हो । वास्तवमा, यदि कुनै जोडीको कहिले पनि विवाद भएको छैन भने उनीहरुबीच सबैकुरा राम्रो छैन भनेर बुझ्नुपर्छ ।

जोडीलाई आफ्नो भावना र मान्यतामाथि पुनर्विचार गर्न विवादले सहयोग गर्छ ।  यद्यपि, तपाईंहरुको विवाद स्वस्थ हुनुपर्छ । यसमा हातपात हुनुहुँदैन, नाम काट्नु हुँदैन र ठूलो स्वरले झर्कनु हुँदैन ।

५. झगडाले तपाईंहरु बीचको सम्बन्धलाई बलियो बनाउँछः

यदि तपाईं पार्टनरसँग झगडा गरिरहनुभएको छ भने त्यसमा तपाईंको जीत र हारको कुनै महत्व हुँदैन । सबैभन्दा महत्वपूर्ण कुरा के हो भने तपाईंले आफ्नो पार्टनरलाई अलि बढि चिन्नुभयो र त्योभन्दा महत्वपूर्ण तपाईंले आफैंले आफैंलाई पनि थप चिन्नुभयो ।

सानोतिनो झगडाले तपाईंहरुको वास्तविक स्वभाव दर्साउँछ । यदि तपाईंहरुले सँगै मिलेर चुनौतीको सामना गर्न जान्नुभयो भने तपाईं सम्झौता गर्न हिच्किचाउनुहुन्नँ जसले तपाईंको सम्बन्धलाई बलियो बनाउँछ ।

६. झगडाले तपाईंको रिस नियन्त्रण गर्छः

सम्बन्धमा बस्नु त्यति सजिलो छैन । यदि तपाईं आफ्नो पार्टनरलाई केयर गर्नुहुन्छ भने तपाईंले सधैं आफ्नो सीमालाई लचिलो बनाउनुपर्छ । र यदि पार्टनरले तपाईंले झैं नसोचेको अवस्थामा तपाईंलाई रिस उठ्न सक्छ ।

केही महत्वपूर्ण कुरामा पार्टनरले सम्झौता गर्न नचाहेको खण्डमा तपाईंको रिस बढ्न सक्छ । यसैले सम्बन्धलाई चिसो बनाइरहेको हुन्छ ।

समस्यासँग जुध्नका लागि आफ्नो नकारात्मक सोचलाई दिमागबाट पखाल्नुहोस् ।

७. झगडा गर्नुको अर्थ तपाईंहरु धेरैजसो सँगै बस्नुहुन्छ

केही अनुसन्धानका अनुसार, सम्बन्धमा सबैभन्दा ठूलो गल्ती भनेको एकअर्कासँग टाढा रहनु हो । हामीलाई यसबारे थाहा हुन्छ तर मुख खोल्नुहुन्नँ । र जोडीबीच हुने कम संवादले सम्बन्धलाई टुटाउने काम गर्छ ।

तर तपाईंमध्ये धेरैलाई लाग्ला कि स–साना कुराको छलफलले सम्बन्धमा खासै असर पार्दैन । तर यो साँचो होइन । झगडाले तपाईंलाई समस्यामा केन्द्रीत हुन सहज गर्छ र यसले ठूलो रुप लिनु अघि नै सुल्झाउँछ ।

त्यसकारण जो जोडीबीच विवाद भइरहन्छ उनीहरु लामो समयसम्म साथमै रहन्छन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४