काठमाण्डौँ, / भदौ ६ युवा जागरण अभियानको केन्द्रिय समिति विस्तार गरिएको छ । संगठन विस्तार अभियानलाई अगाडि बढाउनको लागि शनिवार केन्द्रिय समिति विस्तार, सल्लाहकार समिति गठन र थप प्रदेश संयोजकको नियुक्ति गरिएको युवा जागरण अभियानका संयोजक चिन्तन पौडेलले जन न्युज नेपाल खवरलाइ बताए ।
केन्द्रिय समिति सल्लाहकार समितिमा विश्व आदर्श पण्डित (वेलायत), मनोजमणि आर्चाय (रोल्पा), नहकुल केसी (दाङ), सरोज कुमार शर्मा (महोत्तरी), विज्ञान प्रसाई (झापा) र रविन चन्द्र कोइराला (रौतहट) रहेका छन् ।
अभियानको केन्द्रिय कार्य समिति सदस्यहरुमा राजेश रौनियार (बारा), पवन नेपाली (दाङ), श्यामचन्द्र अधिकारी (चितवन), शशिंद्र मोहन राज (सप्तरी), ममता महत्तो (महोत्तरी), पम्फा गान्धारी (गोर्खा), शर्मिला थापा (सर्लाही), बिनोद घिमिरे (अर्घाखाँची), सरु बेल्वासे (कपिलवस्तु) आशिष घिमिरे (काठमाण्डौँ), हिमाल घर्ति (बर्दिया), विजय गुरुङ (रुपन्देही), रमेश तिमिल्सिना (बाँके), आर सी भट्टराई (नवलपुर), राजिव लामिछाने (पर्वत), नगेन्द्र प्रसाद जोशी (भारत), प्रविण गुरागाई (ओसियाना) र नगेन्द्र श्रेष्ठ (बेलायत) रहेका छन् ।
त्यस्तै अभियानको बाकी रहेको प्रदेश नम्बर–३ संयोजकमा पुनम लामा (काठमाण्डौँ) र प्रदेश–५ संयोजकमा मुक्ति पौडेल (रुपन्देही) चयन गरिएको हो ।
संघीयताको मर्म अनुरुप संगठनलाई मजबुत बनाउन र युवालाई अभियान मार्फत सजग बनाउदै विकासमा लाग्न अभियान अगाडी बढीरहेको संयोजक पौडेलले जन न्युज नेपाल खवरलाइ बताए । ‘नवनियुक्त सबैलाई हार्दिक बधाई तथा शुभकामना छ,’ उनले जन न्युज नेपाल खवर संगको कुराकानीमा बताए ।
