झण्डा जलाउने समूहका नौ जना पक्राउ !
जन न्युज नेपाल खबर
सविना सिलवाल
सोमबार ‘मङगोल हप’ नामक युट्युब च्यानलबाट सार्वजनिक भएको ‘देशद्रोही’ नामको गीतमा राष्ट्रिय झण्डा जलाएको थियो। चौतर्फी विभिन्न सामाजिक सन्जालबाट भाईरल भएसगै नेपाल प्रहरीले आफ्ना विभिन्न युनिटहरू खटाइ यस घटनामा संलग्नहरूलाई पक्राउ गरेको हो।उनीहरूविरूद्ध राज्य विरूद्धको अपराध, साइबर अपराध र राष्ट्रिय झण्डा जलाएको लगायतमा अनुसन्धान आकर्षित हुने महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाले जन न्युज नेपाल खबर लाइ बताए। उक्त घटनामा संलग्नमा नौ जनालाई पक्राउ गरेको हो।पक्राउ पर्नेमा गायक तथा झण्डा जलाउने ग्याल्जोङ दोर्जे तामाङ पनि छन्। र उनीहरु बिरुद्द अनुसन्धान भईरहेको छ । एस एस पी थापाले भन्नुभयो ।