उपत्यका आउने कडाई
उपत्यकामा कोराना जोखिम बढ्ए संगै प्रवेश गर्न नाकाहरुमा चेक जांच कडाई गरेको छ ।
कोभिड–१९ को जोखिम बढ्ए संगै उपत्यका प्रवेश गर्ने नाका नागढुंगा, साँगा र फर्पिङ चेक जांच कडाइ गरेको छ । केहि दिन अघि लकडाउन खुकुलो भए संगै विभिन्न बहानमा उपत्यका आउनेहरुको संख्या बढ्दै गएपछि कोरोना संक्रमितको संख्या पनि तिव्ररुपले बढ्न थालेपछि चेक जांचमा कडाइ गरेका छ ।
अहिले विभिन्न जिल्लाबाट उपत्यका प्रवेश गर्न अत्यावश्यक सवारी साधनबाहेक अरुलाइ कडाई गरेको छ । गत मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार उपत्यका भित्रिने नाकाहरूमा गरिएको परीक्षणमा ४० जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छन् । नाकाहरूमा गरीएका १० हजार ८ सय ५३ वटा पिसिआर परीक्षणमा ४० जनामा संक्रमण पोजेटिभ देखिएको हो ।
उपत्यका जब कोरोना संक्रमणको इपि सेन्टर नै बन्न थाले तब मात्र स्थानिय सरकारले उपत्यकाका नाकाहरुमा चेक जांच कडाइ गरेको छ । यद्यपी एउटा उखान छ नि जब पर्यो राती अनि बुढी ताती गर्न भन्दा पनि नेपाल अहिले कोरोना नियन्त्रण भन्दा बाहिर गएको छैन । तसर्थ यसको रोकथाम र आम नगारिकको स्वास्थ्य सुरक्षा तथा सहज जिवनयापन गर्न बतावरण बनाउन सम्बन्धित पक्षले ध्यान दिन जरुरी छ । क्यामेरामा निर्जन महतका साथमा जन आवाज टेलिभिजन रिपोटर नमुना दहाल कार्की काठमाडौ ।
https://youtu.be/B9RoIVzQ_74