Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कुमारी छोरीसँग बिहे गर्नेलाई साँढे ३ करोड इनाम दिने घोषणा ! एजेन्सी


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, साउन ३१ २०७७
  • 5K
    SHARES

कुमारी छोरीसँग बिहे गर्नेलाई साँढे ३ करोड इनाम दिने घोषणा ! एजेन्सी

एजेन्सी- मानिसहरुका अनेक सोच तथा चाहना हुन्छन् । सुन्दा पत्याउन मुस्किल पर्छ । बेलाबखत यस्तै अनौठा घटनाहरु सार्वजनिक भइरहेका हुन्छन् ।

एउटा विचित्रको घटना सार्वजनिक भएको छ जहाँ एक धनाढ्यले आफ्नी कुमारी छोरीसँग विहे गर्नेलाई साँढे ३ करोडको इनाम दिने घोषणा गरेका छन् । छोरीको बिहे गराउनका लागि थाइल्याण्डका एक धनाढ्य व्यापारीले अनौठो घोषणा गरेका हुन् ।

कन्याकुमारी छोरीसँग विवाह गर्ने केटालाई उनले उल्टै इनाम स्वरुप २ लाख ४० हजार पाउण्ड (झण्डै ३ करोड ५० लाख रुपैयाँ) दिने घोषणा गरेका हुन् ।

तर ती व्यापारीले आफ्नी छोरीसँग बिहे गर्ने केटामा तीन योग्यता हुनुपर्ने सर्त राखेका छन् । पहिलो सर्त- केटा स्मार्ट हुन जरुरी नभए पनि पढ्न लेख्न जानेको हुनुपर्ने । दोस्रो- केटा मेहनती तथा लगनशील हुनुपर्ने । तेस्रो- केटा कन्जुस र फलहरूलाई माया गर्ने हुनुपर्ने ।

अर्नोन राडथोंग नामक ती धनाढ्य व्यापारीले आफ्नी कुमारी छोरी कार्नसितासँग बिहे गर्नेलाई सो इनाम दिने घोषणा गरेका हुन् । थाइल्याण्डको दक्षिणी प्रान्त चुन्फोनका ती व्यापारीले छोरी अहिलेसम्म कुमारी नै रहेको र आफूसँगै व्यापारमा सघाउँदै आएको बताएका छन् ।

उनकी छोरी कर्निता २६ वर्ष नाघेको उनले बताएका छन् । स्नातक तहसम्म पढेकी उनी चिनियाँ र अंग्रेजी भाषा बोल्नमा सक्षम रहेको उनको दाबी छ । छोरीको बिहे हुन नसकेको चिन्ताले गर्दा ५८ वर्षका ती व्यापारी अर्नोनले यस्तो घोषणा गरेका हुन् । उनले आफू एक कृषि फार्मकाे मालिक रहेको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४