फोहोर व्यवस्थापन
नागरिक र सरोकारवालले ध्यान नदिदा फोहोर उठाउने कामदारको समस्या भने कोराना रोग भन्दा पनि डर लाग्दा रहेका छन् ।
कोरोना संक्रमण (कोभिड– १९)ले विश्वभर महामारीको रूप लिँदै गएको छ । कोरोना संक्रमण फैलिए संगै फोहोरको व्यवस्थापन सजगता अवलम्बन गर्नुपर्ने देखिएको छ । जतासुकै फोहोर फालिदिने, ठीक समयमा, ठीक ठाउँमा फोहोर नफ्याँक्ने, फोहोर व्यवस्थापनका लागि आएको बहानमा नफाल्ने लगायत समस्याले उपत्यका आक्रान्त बनेको छ । भने वर्षायम लागे संगै फोहोर व्यवस्थापन गर्न जतिको कठिन छ उति नै ठाउंको अभवा रहेको एक्सन वेष्ट प्रा.ली फोहोर व्यवस्थापनका इन्चार्ज आङ छिरिङले बताए । .
कोरोना जति नै बढ्दै गएको भएता पनि फोहोर उठाउने कामदार भने कोरोना भन्दा पनि फोहोरमैलाबाट उत्पन्न हुने रोगव्याधी ले बढी समस्यामा पर्ने गरेका छन् । प्रचारप्रसारको कमीले भन्दा पनि शिक्षित व्यतिmबाट नै फोहोर हुने र फोहोरको वर्गीकरण गरेर नफाल्ने गर्दा र नागरिकले हाम्रा समस्या नबुझि दिदा आफुले धेरै सममस्या भोग्नु परेको एक्सन वेष्ट प्रा.ली फोहोर व्यवस्थापन बहान चालक सरोज तमाङले बताए
कोराना महामारीका बेला फोहोर व्यवस्थित हुन नसक्दा राज्यलाई निकै ठूलो घाटा त हुन्छ नै । कामदारको स्वाथ्यमा पनि गम्भीर समस्या, उत्पन्न गराउँछ तसर्थ फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान खोज्न जरुरी छ । क्यामेरामा निर्जन महतका साथमा जन आवाज टेलिभिजन रिपोटर सविना सिलवाल काठमाडौ ।
https://youtu.be/VmkdMUe4FpY