Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

१५ किलो नक्कली सुन प्रकरणमा फरार अभियुक्त इल्ताफ हुसेन अन्सारी पक्राउ !


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, साउन २९ २०७७
  • 8.2K
    SHARES

१५ किलो नक्कली सुन प्रकरणमा फरार अभियुक्त इल्ताफ हुसेन अन्सारी पक्राउ !

जन न्युज नेपाल खवर नमुना दहाल कार्की !

१५ किलो नक्कली सुन फ्याँकेर भागेका इल्ताफ हुसेन अन्सारी पक्राउ परेका छन्।

साउन १३ गते कमलादीबाट बा.६च ५५१९ नम्बरको स्कोर्पियोबाट सुन फ्याँकेर भागेका अन्सारी बाराबाट पक्राउ परेका हुन्। उनलाई जिल्ला प्रहरी कार्यालय पर्साले बिहीबार पक्राउ गरेको स्रोतले जानकारी दिएको छ । उक्त स्कोर्पियो अन्सारीको थियो। उनलाई काठमाडौं ल्याइदै छ।

त्यसदिन यता महानगरीय प्रहरी परिसर र अपराध महाशाखाले उनलाई खोजी गरिरहेको थियो। तर फेला पार्न सकिरहेको थिएन उनले फ्याकेर भागेको भनिएको सुन पनि पछि सुन्धारामा अचानक प्रहरीलाई बुझाएको पाइएको थियो।

यस घटनामा संलग्न अन्य प्रहरी जवान प्रशन्न श्रेष्ठ, बहादुरसिंह कडायत, कौशल पटेल, देवानसिंह पटेल, विजय पटेल ,निलेश साखिया, कालिगढ मनिष मल्लिक र उमेश श्रेष्ठ प्रहरी हिरासतमा छन्।

प्रहरीले यसअघि ट्याक्सी ड्राइभरलाई पनि नियन्त्रणमा लिएको थियो। तर पछि उनको दोष नदेखिएपछि प्रहरीले छोडेको थियो।

अन्सारी पहिले पनि जाली नोट कारोबार गरेको आरोपमा पक्राउ परेका व्यक्ति थिए।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४