Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गौतम बुद्धबारे भारतीय विदेशमन्त्रीको अभिव्यक्ति प्रति काँग्रेसको गम्भीर आपत्ति


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, साउन २५ २०७७
  • 11.6K
    SHARES

गौतम बुद्धबारे भारतीय विदेशमन्त्रीको अभिव्यक्ति प्रति काँग्रेसको गम्भीर आपत्ति

जन न्युज नेपाल खवर डट.कम :

नमुना दहाल कार्की 

 

काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकरले गौतम बुद्ध भारतीय भएको दाबी गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले गम्भीर आपत्ति जनाएको छ । 

जयशंकरले शनिबार ‘हामी सबैले आजसम्मकै महान भारतीय भनेर चिन्ने दुई जनालाई हो । पहिलो गौतम बुद्ध र दोस्रो महात्मा गान्धी । र, हामीले मात्र होइन यी दुईलाई यसरी चिन्ने पुरै विश्वले नै महान् भारतीयका रुपमा चिन्छ,’ भनेका थिए ।

यसबारे काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार लगातार तीन वटा ट्वीट गरेर गम्भीर आपत्ति जनाएका हुन् ।

शर्माले ट्वीटमा लेखेका छन्, ‘बुद्ध नेपालमा जन्मिएका हुन्  भनेर संसारमा कहिँबाट दर्ता प्रमाण हामीले मागेका छैनौं । भारतीय भूमिबाट विगतमा आएका टिप्पणीपनि नेपाल बुद्ध भूमी हो भनेर स्वयं भारतीय प्रम नरेन्द्र मोदीले हाम्रो संसदमा बोलेपछि खारेज भइसकेको हो । फेरिपनि आपत्तिजनक टिप्पणी अत्यन्तै दुःखद छ ।’

गौतम बुद्ध भारतमा जन्मेको एस जयशंकर दाबीलाई शर्माले आवेगको जवाफ भनेका छन् । शनिबार प्रधानमन्त्री केपी ओलीले भगवान राम नेपालमा जन्मिएको दाबी दोहोर्याउँदै माडीमा राम, सीता, हनुमान र लक्ष्मणको मूर्ती बनाउन निर्देशन दिएका थिए ।

आवेगको जवाफमा आवेग दुवै देशको हितमा नहुने शर्माको भनाइ छ । शर्माले भने, ‘राम जन्मभूमिको प्रश्न होस् या बुद्ध जन्मभुमिको, आपसी संवेदनशीलताको हेक्का नराखेर गरिने टिप्पणीले गहिरो चोट छोड्न सक्छन् । मुल बिषय मोड्न सक्छन् तर दीर्घकालीन हितमा हृदय जोड्न सक्दैनन् ।’

नेपालमा रहेको पौराणिक र प्रमाणित तथ्यविरुद्ध भारतीय विदेश मन्त्रीको अभिव्यक्तिप्रति शर्मामो गम्भीर आपत्ति छ ।

उनले लेखेका छन्, ‘भगवान बुद्ध नेपालमा जन्मिएका हुन् । त्यो भुभाग आजको नेपालमा रहेको पौराणिक र प्रमाणित तथ्य विरुद्ध भारतीय विदेश मन्त्रीको अभिव्यक्तिप्रती हाम्रो गम्भीर आपत्ति छ ।’

आवेगको जवाफमा आवेग पस्किएर नेपाल र नेपालीको संवेदनशीलतामा चोट पुर्‍याउने कार्य आफूहरुलाई किमार्थ स्वीकार्य नभएको शर्माले बताए ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४