Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अब विगतको जस्तो लकडाउन हुँदैन- उपप्रधानमन्त्री पोखरेल


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, साउन २४ २०७७
  • 12.1K
    SHARES

अब विगतको जस्तो लकडाउन हुँदैन- उपप्रधानमन्त्री पोखरेल

जन न्युज नेपाल खवर 

नमुना दहाल कार्की

 

उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले विगतको जस्तो लकडाउन अब नहुने स्पष्ट पारेका छन्।

रक्षा मन्त्रालयमा केही पत्रकारहरूसँग कुराकानी गर्दै उपप्रधानमन्त्री पोखरेलले पूर्व पश्चिम समेट्ने गरी एकै साथ एउटै तरिकाको लकडाउन नहुने बताए।

‘अब फेरि लकडाउन हुँदैन। सम्पूर्ण रूपमा लकडाउन गर्ने सरकारको योजना छैन। पहिला निरपेक्ष ढंगले सबै ठाउँमा लकडाउन गरिएको थियो। कतिपय क्षेत्रमा पछि पुनर्विचार पनि गरेको हो,’ उपप्रधानमन्त्री पोखरेलले भने, ‘जहाँ-जहाँ कोरोनाको प्रभाव बढी देखिन्छ, ती ठाउँमा त्यही ढंगले उपाय अपनाउनुपर्छ भने कम भएको ठाउँमा त्यहीअनुसार खुला गरिन्छ। काठमाडौंमा अन्तरजिल्ला आगमन रोक लगाएका छौं। यातायात सेवा थप व्यवस्थित गर्छौं।’

कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका संयोजक समेत रहेका उपप्रधानमन्त्री पोखरेलले मानिसको आवतजावत व्यवस्थित बनाउनेबारे चाँडै निर्णय हुने समेत बताए।

पुरानै तरिकाको लकडाउन नहुने भन्दै उपप्रधानमन्त्री पोखेरलले चलनचल्तीको भाषाको लकडाउन नहुने जानकारी दिए।

‘संक्रमण भएको ठाउँमा सिल गर्नुपर्ने हुन्छ। त्यसका लागि विज्ञहरूसँग पनि परामर्श गर्दै जानुपर्छ। जेहोस् अब सम्पूर्ण रूपमा लकडाउन हुँदैन,’ उनले भने, ‘भौतिक दुरीमा कडाइ साथ ध्यान दिने र नागरिकहरू पनि सचेत हुनपर्ने कुरा बढी महत्वपूर्ण हो। पिसिआर परीक्षण बढाउने, संक्रमण देखिएका समुदायमा कडाइ गर्ने, क्वारेन्टिनहरू व्यवस्थापन गर्ने र आइसोलेसन बेडहरू बढाउनमा सरकारको ध्यान केन्द्रित हुन्छ।’

बाहिरबाट काठमाडौं आउनेहरू अनियन्त्रित ढंग र भौतिक दुरी कायम नगरी आएकाले काठमाडौं धेरै संवेदनशील बनेको समेत उनले बताए।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४