गाेर्खा भर्ती बन्द गर्ने परराष्ट्रकाे तयारी, के बन्द हाेला त ?
जन न्युज नेपाल खबर डट.कम :
नमुना दहाल कार्की ।
काठमाडौं, १८ साउन भारतीय गोर्खा सैनिकको भर्ती नेपालका लागि बिरासत भएपनि हाल अएर समय अनुकुल नभएको पराष्ट्र मन्त्रालयले निष्कर्ष निकालेको छ । १९४७ मा भएको सम्झौता तत्कालीन समयमा उपयुक्त भएपनि हाल निरर्थक भएको भन्दै यसबारे समीक्षा गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ । तत्कालीन सम्झैताका केही प्रवधान संदिग्ध भएको निष्कर्ष निकाल्दै परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले सो सम्झैतामा निरर्थक भएको स्पष्ट पार्नुभएको छ । मुलत नेपाल, भारत र चीनबीचको त्रिपक्षीय सीमामा भएको बिवादका कारण सो सम्झौता निरर्थक भएको परराष्ट्र मन्त्रालयको ठम्याइ छ ।
एएनआईलाई परराष्ट्रमन्त्री ज्ञवालीले भन्नुभएको छ- ‘भारतीय सेनामा गोर्खालीको भर्ती अतीतको विरासत हो । नेपाली युवाहरु विदेश जानको लागि यो पहिलो ढोका थियो । यसले अतीतमा समाजमा धेरै रोजगारीको सृजना गर्यो तर बदलिएको सन्दर्भमा केही प्रावधान संदिग्ध छन् । १९४७ को त्रिपक्षीय सन्धि निरर्थक भएको छ ।’ भारतीय गोरखा सैनिक भर्तीबारे नेपालमा एउटा छलफलको बिषय बनेको छ । नेपाल एक स्वतन्त्र मुलुक भएका कारण कुनै देशका बिरुद्ध नेपालीले बन्दुक चलाउन नहुने मान्यतामा अडिग रहनुपर्ने बताइदै आएको छ । तर भारतले चीनसँगको सीमा विवादका घटनामा गोर्खा सैनिकलाइ प्रयोग गर्दै आएको छ । भर्खरै लद्दाखमा भएको चिनियाँ भारतीय सैनिकबीच भएको हिंसापछि भारतले बिदामा बसेका गोर्खा सैनिकहरुलाई फिर्ता बोलाएको छ। यस बिषयमा अब परराष्ट्र मन्त्रालय र परराष्ट्रमन्त्रीले के निर्णयसमेत गर्लान यो चासोको विषय बनेको छ। के अब गोर्खाल्यान्डको भर्ती बन्द गर्ला नेपाल सरकारले यो निर्णय गर्न सक्छ नेपाल सरकार परराष्ट्र मन्त्रालयले पर्खेर हेर्दै जाउ तपाई हामी सबैले निर्णय अबश्य आउने छ।