सत्य बोल्ने र खरो अभिव्य’क्ति दिएर चर्चामा रहेका उपसचिव प्रेम सञ्जेल कार्यकक्षमै कुटिए!
जन न्युज नेपाल खबर डट. कम :
नेत्र बहादुर कार्की ।
काठमाडौँ/साउन १७ गते। भ्रष्टाचार विरुद्ध खरो अभिव्यक्ति दिएर चर्चामा रहेका श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेल कार्यकक्षमै कुटिएका छन् ।
उपसचिव सञ्जेललाई कार्यालयका सहयोगी नेत्र भट्टराई र मेनुका सापकोटा कोइरालाले कुटपिट गरेको प्रहरीले जनाएको छ । कुटपिटमा संलग्न दुवै जनालाई प्रहरीले पक्राउ गरेर कारवाही प्रक्रिया अगाडी बढाएको प्रहरीले जानकारी दिएको छ । कुटपिटमा संलग्न दुवै सहयोगी कर्मचारीहरु करारमा नियुक्त भएका हुन। ति दुवै कर्मचारीले उपसचिव संजेललाई चप्पल, पञ्चिङ मेसिन लगायतका सामाग्रीले कुटेपछि उनको अनुहारमा चोट लागेको बताइएको छ ।
कुटपिट गर्नुअघि ति कर्मचारीले कार्यालय प्रमुख संजेल सँग छलफल गर्नुछ। भन्दै उनको कार्यकक्षमा प्रवेश गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ। भने उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ।