Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आज उपत्यकामा निषेधाज्ञाको १२ दिन पुग्यो चेकजाँचमा कडाइ


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, भाद्र १५ २०७७
  • 3.8K
    SHARES

आज उपत्यकामा निषेधाज्ञाको १२ दिन पुग्यो चेकजाँचमा कडाइ

काठमाडौं उपत्यकामा जारी रहेको निषेधाज्ञाको आज १२ दिन पुगेको छ । कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले भदौ ३ गते मध्यरात यता निषेधाज्ञा जारी गरेका छन् । 
निषेधाज्ञाको १२ दिन पुग्दापनि मानिसहरुले निषेधाज्ञालाई पूर्णरुपमा पालना गरेको देखिएको छ । जनजीवन प्रभावित भएपनि मानिसहरु सरकारले जारी गरेको निषेधाज्ञाको आदेश पालना गर्दै घरभित्रै बसेका छन् । सोमबार उपत्यकाका विभिन्न भागमा पुग्दा लकडाउनको पालना भएको पाइएको हो । 

उपत्यकाका मुख्य सडकहरुमा सवारी साधनको आवागमन न्यून देखिएको छ । सडकमा अत्यावश्यक सेवाका सवारी साधनहरु मात्रै चलेको देखिन्छ । स्वास्थ्य क्षेत्र, एम्बुलेन्स, खाद्य सामग्री, तरकारी, फलफुल, सञ्चार, सुरक्षाकर्मी, विद्युत, खानेपानी, बैंक लगायतका क्षेत्रका सवारीसाधन निर्वाधरुपमा सञ्चालनमा आएका छन्। प्रहरीले मुल सडकका मुख्यमुख्य चोकमा बसेर सवारीसाधनको चेकजाँचलाई कडाई पारेको छ । अत्यावस्यक बाहेकका सवारी साधन चलाएमा प्रहरीले सडकमा होल्ड गरेर कारबाही गरेको देखिन्छ । उपत्यकामा जारी निषेधाज्ञा अटेरी गर्ने क्रम बढेपछि प्रहरीले चेकजाँचलाई कडाई गरेको छ ।  

उपत्यकाका भित्रि सडक पनि सुनसान देखिन्छन् । विहानको समयमा अत्यावस्यक वस्तु, तरकारी खाद्यान्न लगायतका पसलहरु खुलेका छन् । मानिसहरु अफ्नो घर नजिकको पसल सम्म पुगेर किनमेल गरेको देखिन्छ । तर दिउँसो र साँझको समयमा भने कुनैपनि पसलहरु खुलेको देखिदैन ।उपत्यकाका काठमाडौं भक्तपुर र ललितपुर जिल्लाका प्रशासन कार्यालयले निषेधाज्ञाको समय भदौ १७ गते मध्यरात सम्मका लागि कायम गरेका छन् । अहिले काठमाडौँ ललितपुर र भक्तपुरमा कोरोना भाइरस {कोभिड १९} को संक्रमण दिन दुइ गुणा रात चार गुणाले बढिरहेको छ। अब भाद्र १७ गते पछाडी को अबस्था कस्तो हुने हो हेर्न बाकि नै छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४