कोरोना संक्रमणबाट ६८ वर्षीया महिलाको मृत्यु।
काठमान्डौ । बुटवल स्थित भीम अस्पतालले रुपन्देहीको तिलोत्त नगरपालिका–५ कि ६८ वर्षीया महिलाको अस्पताल लादै गरेको क्रममा राति ९ बजे मृत्यु भएको घोषणा गरेका छन । मधुमेह र उच्च रक्तचाप भएकी उनलाई बुटवल हस्पिटल प्रालिका डा.नन्दु पाठकले कोरोनाको जाँच गर्न सुझब दिएपछि पीसीआर परीक्षण गर्दा साउन ११ गत उनमा संक्रमण पुष्टि भएको हो । उनका छोरा र बुहारीले अस्पताल लान भन्दा ‘होम आइसोलेसनमा राख्दा उचित होला भनेर अस्पतालबाट आएको एम्बुलेन्स फर्काइदिएका थिए । उनको स्वास्थ्य अवस्था सामान्य रहेको र आइतबार साँझ एक्कासी उनको स्वास्थ्यमा समस्या आई हस्पिटल लाने क्रममा बाटोमा मृत्यु भएको अस्पतालले जन न्युज नेपाल खवरलाइ जानकारी दिए ।