Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रहरीका ७२ जना डीएसपीको सरुवा, प्रचण्डका पिएसओ रोल्पा इन्चार्ज!


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, भाद्र १५ २०७७
  • 4.3K
    SHARES

प्रहरीका ७२ जना डीएसपीको सरुवा, प्रचण्डका पिएसओ रोल्पा इन्चार्ज !

जन न्युज नेपाल खवर  प्रतिनिधि काठमाडौं । 

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ७२ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)हरुको सरुवा गरेको छ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पिएसओ (पर्सनल सेक्यूरिटी अफिसर)का रुपमा कार्यरत नरेशराज सुवेदीलाई रोल्पा सरुवा गरिएको छ । सुवेदीसहित १४ जिल्लाका डीएसपी फेरिएका छन्
काठमाडौं उपत्यकाको महानगरीय प्रहरी वृत्त जगातेमा राजेश थापा र महानगरीय प्रहरी वृत्त कालिमाटीमा अपिलराज बोहरालाई सरुवा गरिएको छ । बोहराले यसअघि पनि महानगरीय प्रहरी वृत्त सिंहदरबारको कमाण्ड गरेका थिए । एकजना डिएसपीले दुईपटक उपत्यकाको वृत्त इन्चार्ज बन्न नपाउने नियम यसपटक तोडिएको छ ।
जिल्ला प्रहरी कार्यालय दैलेखमा अनुपम श्रेष्ठ, सल्यानमा गोविन्द थापा, तेह्रथुममा गौतम थापा, कालिकोटमा चक्रबहादुर शाह, मुगुमा चित्रबहादुर भट्टाराई, पाँचथरमा दानबहादुर थापा, बाजुरामा मदनजित महरा, डडेल्धुरामा महेन्द्र नेपाल र जुम्लामा माधवप्रसाद काफ्लेलाई सरुवा गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय प्यूठानमा डीएसपी सुनिल मल्ललाई पठाइएको छ । मल्ल यसअघि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा कार्यरत थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४