आज फेरी तनहुँमा थपिए २२ कोरोना संक्रमित !
जन न्युज नेपाल खवर प्रतिनिधि तनहु
तनहुँ भानु नगरपालिकामा आइतबार २२ जना कोरोना संक्रमित थपिए । गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाका अनुसार २२ जना कोरोना संक्रमित मध्ये दुई जना बैंकमा कार्यरत दम्पतिलाई कोरोना संक्रमण पुष्टि भइसकेको र बैंकमा कार्यरत अन्य कर्मचारीको पनि स्वाब सङ्कलन गर्ने तयारी भएको हुदा रिपोर्ट नआइन्जेल बैंक बन्द हुने भएको छ ।
गरिमा विकास बैंकमा कार्यरत श्रीमती र ग्लोबल आइएमई बैंकमा कार्यरत श्रीमानमा कोरोना पुष्टि भए लगतै दुवै बैंक रिपोर्ट नआइन्जेलसम्म बन्द गर्न निर्देशन दिइएको गाउँपालिकाका अध्यक्ष थापाले जन न्युज नेपाल खवरलाइ जानकारी दिए ।