Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

यस कारण ल्याइयो निजी जहाज राख्न पाउने प्रावधान !


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, भाद्र १५ २०७७
  • 5.2K
    SHARES

यस कारण ल्याइयो निजी जहाज राख्न पाउने प्रावधान !

तर सजिलो छैन व्यक्तिगत जहाज राख्न !

काठमाडौं । झण्डै डेढ दशकपछि सरकारले नयाँ हवाई नीति ल्याउने भएको छ । पहिलो पटक जारी भएको ‘हवाई नीति २०५० र सोको संशोधित नीति २०६३ लाई खारेज गर्दै सरकारले ‘राष्ट्रिय हवाई नीति २०७७’ ल्याउन लागेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हवाई नीति २०७७ को अन्तिम मस्यौदा तयार गरिसकेको छ । मन्त्रालयको नेतृत्वमा गठित ७ सदस्यीय ‘हवाई नीति २०७७ मस्यौदा निर्माण समितिले हालै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईलाई प्रस्तावित मस्यौदा बुझाइसकेको छ ।

पूर्वसचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा रहेको समितिले तयार गरेको मस्यौदामा व्यक्तिले पनि निजी जहाज राख्न पाउने गरी नीतिगत व्यवस्था गरिएको छ । यस्तै, १५ वर्षभन्दा पुराना कुनै पनि जहाज आयातमा प्रतिबन्ध लगाउने र राष्ट्रिय हवाई क्षेत्रमा व्यवस्थित रुपमा विदेशी लगानीलाई खुल्ला गर्नेसम्मको व्यवस्था छ ।

सोही मस्यौदामा समेटिएको निजी प्रयोजनका लागि पनि अब व्यक्तिगत जहाज राख्न दिने भन्ने प्रावधानलाई निकै चासोको साथ हेरिएको छ । यद्यपि सो प्रावधान अहिले नै कार्यान्वयनमा गइसकेको भने होइन ।

पर्यटन मन्त्रालयका पूर्वसचिव गौतमको नेतृत्वमा गठित ७ सदस्यीय टोलीले तयार पारेको मस्यौदा मन्त्रिपरिषदबाट पारित भएर कानुनी रुप लिएपछि मात्र लागू हुनेछ । तथापि सो मस्यौदा हुबहु पारित भए व्यक्तिका लागि निजी जहाज किन्ने र राख्ने बाटो भने खुल्ने छ ।

हाल मन्त्रालयले उक्त मस्यौदा आफ्नो वेबसाइटमा राख्दै सो मस्यौदा उपर सार्वजनिक सल्लाह सुझाव तथा प्रतिक्रिया माग गरेको छ ।

‘सक्षम नेपालीहरुले चाहेको खण्डमा निजी प्रयोजनका लागि जहाज किन्न र राख्न पाउन् भन्ने उद्देश्यले नै हामीले सो प्रावधान मस्यौदामा समेटेका हौं,’ संयोजक गौतमले भने, ‘यो व्यक्तिको अधिकारको विषय पनि हो, जुन अन्तर्राष्ट्रिय मान्यता पनि हो । त्यसैले नीतिगत व्यवस्थामा नै समेट्ने गरि हवाई नीति २०७७ को मस्यौदामा समेटेका हौं ।’

यसरी समेटियो निजी जहाजको प्रावधान

समितिद्वारा तयार पारिएको हवाई नीति २०७७ को अन्तिम मस्यौदामा स्पष्ट रुपमा कुनै व्यक्ति वा निजी संस्थाले हवाई सेवा सञ्चालन गर्न वा राख्न चाहेमा सञ्चालनको अनुमति प्रमाणपत्र दिन सकिने उल्लेख छ ।

हवाई नीति २०७७ अन्तिम मस्यौदाको भाग ३  साधारण हवाई सेवा सम्बन्धी कार्यनीतिको क्लज ११ को ३ मा भनिएको छ निजी प्रयोजनका लागि कुनै व्यक्ति वा संस्थाले वायुयान सञ्चालन गर्न चाहेमा इजाजत तथा उडान सञ्चालन प्रमाणपत्र दिने व्यवस्था गरिनेछ ।

निजी रुपमा व्यक्तिहरुले पनि जहाज किन्ने र राख्ने अधिकार प्राप्त गर्न वा प्रदान गर्न यस्तो प्रावधान मस्यौदामा समेटिएको समितिका संयोजक गौतमको भनाइ छ ।

‘सक्षम नेपालीहरुले चाहेको खण्डमा निजी प्रयोजनका लागि जहाज किन्न र राख्न पाउन् भन्ने उद्देश्यले नै हामीले सो प्रावधान मस्यौदामा समेटेका हौं संयोजक गौतमले भने, ‘यो व्यक्तिको अधिकारको विषय पनि हो, जुन अन्तर्राष्ट्रिय मान्यता पनि हो । त्यसैले नीतिगत व्यवस्थामा नै समेट्ने गरि हवाई नीति २०७७ को मस्यौदामा हामीले समेटेका हौं । हवाई क्षेत्रको नियामक निकाय नागरिक उड्डयन प्राधिकरण (क्यान)ले समेत सो प्रावधानलाई सकारात्मक रुपमा लिएको छ ।

समितिको मस्यौदा पुनर्मूल्याङ्कन उपसमितिका सदस्यसमेत रहेका नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले उक्त प्रावधान उचित रहेको बताए । निजी जहाज राख्न पाउने अन्तर्राष्ट्रिय मान्यता हुनाले त्यसमा नेपाल बाधक बन्न नहुने उनको भनाइ छ ।

‘निजी जहाज खरिद गर्ने र सञ्चालन गर्ने सन्दर्भ अन्तर्राष्ट्रिय मान्यताको विषय हो । यो व्यक्तिको अधिकारको विषय पनि हो । यदि व्यक्ति सक्षम छ भने उसले नियम–कानुन मानेर किन जहाज राख्न नपाउने ? महानिर्देशक पोखरेलले भने त्यसैले यस्तो विषयमा सरकार बाधक बन्न हुँदैन । कानुनी रुपमा व्यवस्था भए प्रकृया पु¥याएर आए अब हामी व्यक्तिलाई पनि जहाज किन्ने र संचालन गर्ने पूर्वअधिकारसहित हवाई सञ्चालनको प्रमाणपत्र दिन तयार छौँ ।’

निजी प्रयोजनका लागि जहाज राख्न पाउने कानुनी व्यवस्था गर्न थाले पनि निजी जहाज राख्न भने त्यति सहज नहुने सरोकारवाला बताउँछन् । व्यक्तिगत प्रयोजनका लागि हुने भएपछि त्यसको सम्पूर्ण व्यवस्थापकीय तथा सुरक्षणको जिम्मा समेत व्यक्तिगत नै हुने हुँदा कमैले मात्र त्यस्तो जोखिम उठाउन साहस गर्ने क्यानको भनाइ छ ।

तर व्यक्तिगत विमान सञ्चालनको माग आउनेमा आफु कमै विश्वस्त रहेको पोखरेललेको भनाइ छ ।

सजिलो छैन व्यक्तिगत जहाज राख्न निजी प्रयोजनका लागि जहाज राख्न पाउने कानुनी व्यवस्था गर्न थाले पनि निजी जहाज राख्न भने त्यति सहज नहुने सरोकारवाला बताउँछन् । व्यक्तिगत प्रयोजनका लागि हुने भएपछि त्यसको सम्पूर्ण व्यवस्थापकीय तथा सुरक्षणको जिम्मा समेत व्यक्तिगत नै हुने हुँदा कमैले मात्र त्यस्तो जोखिम उठाउन साहस गर्ने क्यानको भनाइ छ ।

नेपालमा हेलिकप्टर, प्लेन किन्न सक्ने धेरै भए पनि त्यसलाई व्यवस्थापन गर्न कमैले मात्र सामथ्र्य राख्ने हुँदा जहाज किन्न र राख्न साहस गर्ने कमैमात्र हुने क्यानका महानिर्देशक पोखरेलको भनाइ छ ।

कानुनी रुपमा निजी जहाज राख्न पाउने निमयले वैधानिकता पायो भने पनि यसको व्यवस्थापकीय पाटो निकै कठिन छ । जहाज खरिद प्रक्रियादेखि सञ्चालन, व्यवस्थापनका विषय निकै कठिन छन् ।

‘हवाई सञ्चालन व्यवस्थापनका आफ्नै नीति नियमहरु छन् । राष्ट्रियदेखि अन्तर्राष्ट्रियसम्ममा नीति नियमहरु पालन गर्नुपर्छ,’ पोखरेलले भने, ‘यी सबै नीति नियम तथा कानुनको परिधिमा रहेर कमैले मात्र जहाज राख्न सक्छन् । त्यसैले यो सहज विषय होइन । हेरौं अब नीति बनेपछि कतिले चाहना राख्छन् ।’

त्यसो त व्यक्तिगत जहाज राख्न चाहनेले हवाई उडान सम्बन्धी सुरक्षा तथा हवाई सञ्चालन एवम् व्यवस्थापनका प्रावधानहरु भने पालना गर्नुपर्ने छ ।

यसअघिका हवाई नीति २०५० र संशोधित नीति २०६३ ले सो सुविधा प्रदान गरेको थिएन ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४