Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मन्त्री गुरुङद्वारा ‘सामाजिक उद्यमशीलता कोष’ स्थापना गर्ने घोषणा !


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, भाद्र १४ २०७७
  • 13.5K
    SHARES

मन्त्री गुरुङद्वारा ‘सामाजिक उद्यमशीलता कोष’ स्थापना गर्ने घोषणा !

 

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले ‘सामाजिक उद्यमशीलता कोष स्थापना गर्ने घोषणा गरेका छन् । मन्त्री गुरुङले समाज र मानवीय सेवा गर्ने पवित्र उद्देश्यका साथ खोलिएका सामाजिक संघ, संस्थाहरुलाई विदेशी दाताहरुको आर्थिक सहायतामा भर पर्नुपर्ने अवस्थाको अन्त्य गर्न पनि समाज कल्याण परिषद अन्तरगत सो कोष स्थापना गर्ने सोच अघि बढाउनुपरेको स्पष्ट पारे ।

बियोन्ड बेईजिङ कमिटी, नेपालले प्रकाशित गरेको “एक्सेस टू जसटिस ” सोसियल इन्टरप्राईज इन नेपाल नामक अध्ययन प्रतिवेदन सार्वजनिक गर्न आयोजित भर्चुअल मिटिङमा बोल्दै उनले सामाजिक उद्यमशीलता मैंत्री ऐन, कानुन तत्काल तर्जुमा गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

 मन्त्री गुरुङले सामाजिक उद्यमशीलताको अभियानलाई अघि बढाउने गरी ऐन, कानुनको निर्माण गर्न आवश्यक सुझाव दिन सम्बन्धित सबै पक्षलाई आह्वान समेत गरे । ‘सामाजिक उद्यमशीलताको क्षेत्रमा देखिएका ट्याक्स, भ्याटलगायतका समस्या समाधान हुने गरी ऐन, कानुनको परिमार्जन गर्नुपर्ने आवश्यक्ता देखिएको छ,’ मन्त्री गुरुङले भने त्यसका लागि आवश्यक सुझाव दिन म समाज कल्याणको क्षेत्रमा कार्यरत संघ–संस्था, गैरसरकारी क्षेत्रमा कार्यरत संघ, संस्था तथा नागरिक समाजका अगुवाहरुलाई आह्वान गर्दछु ।

मन्त्री गुरुङले सामाजिक उद्यमशीलताको माध्यामबाट ग्रामिण तथा हिमाली क्षेत्रका महिलाहरुलाई उद्यमशील बनाउन चालू आर्थिक वर्षबाटै सबै स्थानीय तहमा ‘महिला उद्यमशीलता सहजीकरण केन्द्र स्थापना गर्ने सोच अघि बढाइएको पनि स्मरण गराए । उनले समाजमा विद्यमान महिला हत्या, हिंसा हुन नदिने गरी महिलाहरुलाई आर्थिक रुपमा सवल बनाउन सामाजिक उद्यमशीलताको अभियानले महत्वपूर्ण योगदान पु¥याउने विश्वास समेत व्यक्त गरे । मन्त्री गुरुङले महिला उद्यमीहरुले उत्पादन गरेका बस्तुहरुको बजारीकरणका लागि काठमाडौंको भृकुटीमण्डपमा “बजार केन्द्र“ स्थापना गर्ने योजना ल्याइएको उल्लेख गर्दै त्यसमा साथ दिन पनि सम्बन्धित सबै पक्षलाई आग्रह गरे ।
बैठकमा बोल्दै गैरसरकारी संस्था महासंघ, नेपालका अध्यक्ष जीतराम लामाले सामाजिक उद्यमशीलताको विकासका लागि आवश्यक ऐन, कानुनको व्यवस्था गर्न मन्त्री गुरुङको ध्यानाकर्षण गराएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४