Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सुनकोशी गाँउ पालिकाको सुनकोशी नदि आसपासको ढुङ्गा गिट्टी बालुवा उत्खनन ठेक्का प्रक्रियामा चरम भ्रष्टाचार !


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, भाद्र १४ २०७७
  • 13.7K
    SHARES

सुनकोशी गाँउपालिकाको सुनकोशी नदि आसपासको ढुङ्गा गिट्टी बालुवा उत्खनन ठेक्का प्रक्रियामा चरम भ्रष्टाचार !

सुनकोशिले सुनकोशी मा हलचल सिन्धुली – सुनकोशी गाँउ पालिकाको सुनकोशी नदि आसपासको ढुङ्गा गिट्टी बालुवा उत्खनन ठेक्का प्रक्रियामा चरम भ्रष्टाचार भएको भन्दै चौतर्फी आलोचना भएको छ । यसै प्रसङ्गमा नेपाली कांग्रेस प्रदेश सभा क्षेत्रिय कार्य समिति क्षेत्र नं. २ ‘क’ र सुनकोशी गा पा कार्य समिति सिन्धुलीले मंगलबार सुनकोसी गाउँपालिकामा बेथिति बढ्दै गएको भन्दै चार बुँदे ध्यानाकर्षण पत्र जारी गरेको छ । प्रदेश सभा क्षेत्रिय कार्य समिति क्षेत्र नं. २ ‘क’ का सभापति बोधबिक्रम थापा र शुनकोशी गा पा कार्यसमिती सभापती चन्द्र श्रेष्ठ द्वारा जारी दुबै ध्यानाकर्षण पत्रमा सुनकोसी नदी किनारका ढुंगा, गिटी र बालुवाको कर संकलन ठेक्कामा मिलेमतो गरी गाँउपालिकालाई घाटा लगाएको, ठेक्काकै बिषयलाई लिएर बाहिरका मानिस आएर कुटपिट गरी अराजकता फैलाएको उल्लेख गरिएको छ । ध्यानाकर्षणको पहिलो बुदामा सुनकोसी नदी किनारका ढुंगा, गिटी र बालुवाको कर संकलनका लागि अघिल्ला बर्षहरुमा छ करोड ९६ लाख रुपियाँसम्ममा ठेक्का लागेकोमा चालु आर्थिक बर्ष ०७७÷०७८ मा तीन करोड २० लाख रुपियाँ लिन खोज्ने कम्पनीलाई दर्ता गर्न नदिई मिलेमतोमा एक करोड २० लाख रुपियामा ठेक्का दिई गाँउपालिकालाई ठूलो बित्तिय खाडलमा पारेको उल्लेख छ । त्यस्तै दोस्रो बुदामा वडा नं. ३ स्थित गणेशथान बजार क्षेत्रमा हिरा जर्गामगर, गणेश जर्गामगर र शोभा जर्गामगललाई ठेकेदार राम बोगटी सहितका केही अराजक व्यक्तिहरुले आफ्नो स्वार्थ पुरा गर्न गराउन को लागि राजनितिक पावरको दुरुपयोग गरेको हुदा यस्ता काम किर्याकलपहरु तत्काल बन्द गराउन र सबैको हित हुने गरेर काम अगाडी बढाउन यसै  ध्यानाकर्षण पत्र जारी गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४