Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपालका विभिन्न ४९ जिल्लामा निषेधाज्ञा  ५ जिल्लामा हटाइयो {नामावली सहित}


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, भाद्र १४ २०७७
  • 10.2K
    SHARES

नेपालका विभिन्न ४९ जिल्लामा निषेधाज्ञा  ५ जिल्लामा हटाइयो {नामावली

सहित}

 

काठमाडौं – बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको त्रासले नेपालका विभिन्न ४९ जिल्लामा निषेधाज्ञा जारि भएको छ।

संक्रमण ब्यापक फैलिदै गएपछि त्यसको नियन्त्रण तथा रोकथामका लागि ३९ जिल्लामा पूर्ण निषेधाज्ञा गरिएको छ। विभिन्न १० जिल्लामा भने आंशिक निषेधाज्ञा गरिएको गृह मन्त्रालयले जानकारी दिएको छ ।

गृह मन्त्रालयका अनुसार कोरोना भाइरसको नियन्त्रणका लागि निषेधाज्ञा या लकडाउन गर्ने अधिकार प्रदेश, जिल्ला तथा स्थानीय तहलाई प्रत्यायोजन गरिएपछि आइतबार बिहानसम्म ४९ जिल्ला र कयौँ पालिकाहरूमा अनेकखाले प्रतिबन्ध लगाइएको छ।

जिल्लामा संक्रमणको अवस्थालाई मूल्यांकन गरेर प्रमुख जिल्ला अधिकारीको आदेशमा जिल्लाभर वा आंशिक निषेधाज्ञा र पालिकाहरूमा स्थानीय तहका पदाधिकाहरूले लकडाउन, सिल तथा निषेधाज्ञा जारी गरिएको गृहमन्त्रालयका सूचना अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए।

मन्त्रालयले दिएको विवरण अनुसार काठमाडौँ उपत्यकाका तीन जिल्लाहरू काठमाडौं, ललितपुर र भक्तपुरसहितका ३९ तराईका  सप्तरी, धनुषा, पर्सा, महोत्तरी, बारा, सुनसरी, सर्लाही, सिरहा, रौतहट, लगायतका जिल्लामा पूर्ण निषेधाज्ञा जारी भएको छ।

यस्तै संखुवासभा, रुपन्देही, चितवन, धनकुटा, पाल्पा, रामेछाप, दोलखा, नवलपरासी पूर्व, सिन्धुपाल्चोक, गोरखा, अर्घाखाँची, कास्की, कैलाली, प्यूठान, दैलेख, कञ्नपुर, डडेल्धुरा र तेह्रथुममा पूर्णरुपमा निषेधाज्ञाजारी गरिएको छ । यस अतिरिक्त बैतडी, कपिलवस्तु, नवलपरासी पश्चिम, डोल्पा, मोरङ, डोटी र दाङ छन् ।

नुवाकोट, जुम्ला, दार्चुला, झापा, मकवानपुर धादिङ, तनहुँ, बाग्लुङ ,रुकुम पश्चिम र जाजरकोटमा भने आंशिक निषेधाज्ञा गरिएको छ । गुल्मी, लमजुङ, उदयपुर, कालिकोट र पाँचथरमा लगाइएको निषेधाज्ञा हटाइएको लामिछानेले जानकारी दिएका छन्।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४